सलहले नेपालमा क्षति गरेको छैन तर...अर्काे बिपत अाउन सक्ने चेतावनी, यसरी क्षतिबाट जाेगिने


२०७७ असार १४ भारतबाट नेपालमा सलह भित्रिएकाे भन्ने समाचार हरू सार्बजनिक भएपछी नेपालमा किसानहरू चिन्तित भएका छन । शनिबारबाट नेपालमा पनि सलह कीरा देखा परेपछि सरकारले सलह देखिन सक्ने सम्भावित क्षेत्रमा कुनै न कुनै माध्यमबाट सलहलाई बस्न बाधा पुर्‍याउने अभियान चलाउन आग्रह गरेको छ । सरकारले धुवाँ बालेर, आवाज निकालेर, सलहको झुण्डलाई बस्‍न नदिने सामूहिक अभियान चलाउन स्थानीय तहहरूलाई आग्रह गरेको हाे । प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईले अहिलेसम्म नेपाल आइपुगेको सलह कीराको समूहले क्षति नपुर्‍याएको बताए। कीराले क्षति नपुर्‍याए पनि ढुक्क भएर बस्ने अवस्था नभएको उल्लेख गर्दै उनले फेरि हावाको चाप नेपालतिर भएको अवस्थामा प्रकोप आउन सक्ने सम्भावना रहेको बताए। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पत्रकार सम्मेलन मार्फत नर्सरी, करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल तथा जालीले छोपेर बाली बचाउने सकिने जनाएकाे छ। मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले धानको ब्याडमा जाली वा त्रिपाल राखेर जोगाउन सकिने बताए। कीरा आउने सम्भावना भएका क्षेत्रमा रोपाई केही दिन पर सारेर गर्दा पनि क्षति कम हुने बताए । विषादी प्रयोग गर्दा साँझपख वा विहानै स्प्रेयरबाट छरेर सलह कीरा मार्न सकिन्छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विषादीको लागत राख्न पनि आग्रह गरेको छ। स्थानीय एग्रोभेटहरुलाई सु-सूचित गरी तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ। सार्वजनिक स्थान, खेतबारी, वा जंगलमा कीराले आश्रय लिएको पाइएमा तत्काल विषादीको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ।