यूएई बाट १६८ नेपाली लिएर उडेको जहाज काठमाण्डौ आइपुग्यो


२०७७ जेठ २३ - काठमाडौ - नेपालफमा जारी हवाइ प्रतिबन्ध तथा लकडाउनका कारण म्यानमारमा रोकिएका २६ जना नेपाली नागरिक नेपाल आइपुगेका छन । २६ जना नेपालीहरू नेपाल अाएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका प्रमुख सागर आचार्यले जानकारी दिएका छन । म्यानमारको वायु सेनाको जहाजले नेपालबाट फर्कँदा ४२ जना म्यानमारका नागरिक पनी लिएर फर्केकाे छ। सरकारले विदेशमा अल्पत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने क्रम सुरु भएको छ। यसै क्रममा आज युएईबाट पनि नेपाली आएका छन । युएई सरकारले नै आफ्नो जहाजमा रोजगारमा गएकालाई फर्काउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन । यूएईबाट नेपाली लिएर आएको एअर अरेबियाको उडान नम्बर जी नाइन १७५१ जहाज काठमाण्डौ विमानस्थलमा ओर्लिएको छ । कोरोनाको कारण समस्यामा परेका नेपालीलाई यूएई सरकारले जहाज चार्टड गरेर नेपाल पठाएको हो। जहाजमा १६८ जना यात्रु रहेका विमानस्थल कार्यालयले जनाएको छ । इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली नेपाल फर्किएकाे भनिए पनि विमानस्थलले भने एकसय ६८ जना यात्रु रहेकाे जनाएकाे छ । नेपाल सरकारले तय गरेको प्राथमिकताका आधारमा नेपाल पठाउने गरी दूतावासले सूची तयार गरेको थियो । तर, प्राविधिक कारण देखाउँदै उनीहरुलाई यूएईमै रोकिएको छ । त्यसैले दूतावासकाे सूचीभन्दा बाेहकका नेपाली जहाजमा फर्किएका छन् । सरकारले विदेशबाट ल्याउने नेपालीको साथमा अनिवार्य कोरोना परीक्षणको रिपोर्ट हुनुपर्ने भने पनि यूएईबाट आएका नेपालीको कोरोना परीक्षण भएको छैन । उनीहरुलाई विमानस्थलबाट होल्डिंग सेन्टर राखेर स्वास्थ्य जाँच गरिनेछ । त्यस पछि उनीहरु जिल्ला सदरमुकामको क्वरेण्टीनमा बस्नेछन। संसारभर कोरोना मामलाकाे संकट गहिरिँदै गए पछि नेपाल सरकारले स्वदेश फर्कन चाहने वा अाउनै पर्ने अबस्थाम रहेका नेपाली नागरिकलाई प्राथमिकताकाे अाधारमा क्रमशः नेपाल ल्याउने निर्णय गरेअ नुसार पहिलो पटक म्यान्मारबाट नेपाली ल्याइएको । ल्याउन म्यानमारलाइ अनुमती दिएकाे हाे । चीनमा तिब्र मामला देखिएपछी वुहानबाट विमान चार्टर गरी नेपाली विद्यार्थी सहित १७५ जना नेपाली नागरिकलाई गत फागुन महिनामै ल्याइएको थियो। चैत १२ देखी हाल सम्म नेपालमा लक डाउन जारी छ ।भने असार १६ सम्मकाे लागी बिजनेस फलाइटहरू बन्द रहेका छन ।