अाज ४४८ जनामा संक्रमण पुष्टि, मामला ५ हजार नाघ्याे । संक्रमण ७२ जिल्लामा


२०७७ जेठ ३० काठमाडौ - अाज शुक्रबार नेपालमा अहिले सम्मकै धेरै काेराेना मामला देखिएकाे छ । । शुक्रबार थप ४४८ जना काेराेना भाइरस संक्रमणका पुष्टी भएकाे हाे । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शुक्रबार थप ४४८ जनामा मामला देखिएको छ । याेसँगै नेपालमा काेराेना मामला ५०६२ पुगेकाे छ । जसमा एक दिनमा १६ जना निकाे हुने थपिए संगै निकाे हुनेकाे संख्या ८७७ पुगेकाे छ भने १६ जनाकाे ज्यान गएकाे छ । संक्रमण नेपालका कुल ७२ जिल्लामा फैलिएकाे मन्त्रालयले जनाएको छ ।