काे'राे'ना नियन्त्रणमा सरकार किन गम्भीर भएन : गगन थापा


२०७७ जेठ २७ काठमाडौ - आजको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्ष दल नेपाली काँग्रेस सहित विपक्षी दलले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा नेपाल सरकार गम्भीर नभएको आरोप लगाउदै सरकारसँग जवाफ माग गरेका छन। बैठकमा नेपाली काँग्रेसका नेता गगन कुमार थापाले कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेन्टिन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा कसले लिने भनी प्रश्न गर्नुभएकाे छ । निर्दाेष कर्मचारीलाई सरुवा गरेर दोषबाट उम्कन नपाइने बताउँदै थापाले प्रश्न गर्नुभयो,, मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ? उहाँले विदशेमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन पनि सरकारको ध्यानाकर्षण गर्नुभयो । पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री थापाले अहिलेसम्म कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्नसमेत माग गरेका छन । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समतिका संयोजक ईश्वर पोखरेलसँग यसबारे सदनमा जवाफ दिनुपर्ने मागसमेत उहाँले गर्नुभयो । विदेशमा बसेका नेपालीलाई ल्याइने निर्णय भएको तर कुन विमानबाट ल्याउने भन्ने विवाद भएको जिकिर गर्दै उहाँले त्यस विषयमा सरकारले सदनलाई जवाफ नदिए आगामी बैठक सञ्चालनमा सहज नहुने चेतावनी दिनुभयो ।