बहाना बनाएर भारत वार्ताबाट पन्छिन मिल्दैन, तत्काल नेपालसँग वार्ता गर्नुपर्छ : भारतीय पूर्व विदेशमन्त्री


२०७७ जेठ २७ काठमाडौ - छिमेकी मुलुक भारतका पूर्व बाह्य मामिला मन्त्री यशवत सिन्हाले नेपाल सँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका छन । अङ्ग्रेजी दैनिक दि हिन्दूमा आज प्रकाशित टिप्पणीमा सिन्हाले भारत र नेपाल बीचको सदियाै देखीकाे मित्रतामा आँच पुग्ने गतिविधिको अन्त्यका लागि रचनात्मक संवादमा विश्वास राखेर वार्ता गर्नुपर्ने अपरिहार्यता रहेकाे औँल्याएका हुन । नयाँदिल्ली र काठमाडौँस्थित दुवै देशका राजदूतावासलाई स्वतन्त्रपूर्वक कार्यसम्पादन गर्न दिनुपर्ने तथा २०७२ सालको जस्तो परिस्थिति कुनै पनि हालतमा दोहोरिन नहुने टिप्पणीमा उल्लेख गरिएको छ ।

श्री सिन्हा र नीति विश्लेषक एवं स्तम्भकार अतुल ठाकुरका नाममा प्रकाशित टिप्पणीमा सहज र असहज अवस्थामा भारत र नेपाल साथ साथै रहनुपर्छ, कूटनीतिक वार्ता जतिसक्दो चाँडो पुनः प्रारम्भ हुनुपर्छ भनिएको छ । भारत कोभिड-१९ को सङ्क्रमण काे कारण देखाउदै वार्ताबाट पन्छिन मिल्दैन, बाह्य मामिला मन्त्रालयको पछिल्लो वक्तव्य व्यवहारमा पनी रुपान्तरण हुनुपर्छ,, साथै रचनात्मक वार्ताको माध्यमबाट विश्वास र भरोसालाई पुनःस्थापना गर्नैपर्छ ।

महामारीको समय छिमेकसँग शत्रुतापूर्ण व्यवहार गर्ने बेला नभएको, वर्तमान समयमा दक्षिण एशियामा सुदृढ क्षेत्रीय र उप-क्षेत्रीय सहयोगलाई गति दिने नेतृत्व भारतले गर्नुपर्ने उनकाे सुझाव छ । भारत र नेपालको सम्बन्ध वर्तमान सरकार र कूटनीतिभन्दा अधिक महत्वयुक्त रहेकाे बताउदै सिन्हाले , सभ्यताकालदेखिको साझा सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धका कारण दुवै राष्ट्रबीचको अन्योन्याश्रित सम्बन्ध सरकारबीचको मात्र होइन, भारतलाई सुरक्षित राख्ने युद्धकौशलमा उत्कृष्ट गोर्खा राइफल नेपालीबिना अपूर्ण रहेकाे बताउदै , पारस्परिक द्वन्द्वको कुनै स्थान नभएकाे, भारतको स्वतन्त्रता सङ्ग्राममा पनि नेपाली जनता लडेकाे जस्ता महत्वपुर्ण कुराहरू टिप्पणीमा समाबेस रहेकाे छ ।