प्रम निवास अगाडि प्रदर्शन : प्रहरीद्धारा पानीको फोहोरा र लाठी चार्ज


२०७७ जेठ २७ काठमाडौ । नेपालकाे प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरू माथि प्रहरीले पानीको फोहरा हानेको छ । साे क्रममा विवेकशील नेपाली दलका उज्ज्वल थापालाई सामान्य चोट लागेको बताइएकाे छ। , निषेधित क्षेत्रमा प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ। भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले लाठी हानेको छ। को'रो'ना महा'मारी नियन्त्रणमा सरकार असफल भएको भन्दै प्रदर्शनमा उत्रिएकाहरु माथि नेपाल प्रहरीले हस्तक्षेप गर्दै पानीको फोहोरा हानेको हो। कोरोना भाइरसको परीक्षण पिसिआर विधिबाट मात्रै गर्न, कोरोना नियन्त्रणमा भएको भनिएको १० अर्बको हिसाब सार्वजनिक गर्न, क्‍वारेन्टाइनहरु व्यवस्थित र सुरक्षित बनाउन माग गर्दै प्रदर्शनकारीहरुले प्रदर्शन गरेका थिए ।