नेपालमा लकडाउन नियन्त्रित ढंगले खुल्यो


२०७७ असार १ - नेपाल सरकारले जारी गरेकाे पुर्व निर्धारित लकडाउन जेठ ३२ गते सकिए पछी नेपालमा नियन्त्रित ढंगले लकडाउन खुलेको छ। नेपाल सरकारले बुधवार अर्थतन्त्र चलायमान बनाउन लकडाउन खुकुलो पारिएको बताए पनि आजबाट सरकारले घोषणा गरेको अाधिकारिक लकडाउन अन्त्य भएको हाे। याे संगै सरकारले निजी सवारी साधन जोर-बिजोर प्रणालीमा सञ्चालनमा ल्याएको छ। देशका बिभिन्न शहररहरूमा निजी सवारीकाे बाक्लाे भिड बढ्नुका साथै पसलहरू खुल्न थालेकाे छन तर विद्यालय, सिनेमा हल र सार्वाजनिक यातायात भने बन्द रहेका छन । सरकारी कार्यालयहरु पनी आजबाट खुल्न थालेका छन । यस्तै रेष्टुरेण्ट सेवा पनि 'टेक–अवे' र होम डेलिभरीका लागि खुलेका छन । नेपाल सरकारले विद्यालयमा आजबाट वैकल्पिक सिकाइ सुरु गरेको छ जस अनुरूप अब रेडियो, टेलिभिजन र अनलाइनबाट पढाइ हुनेछन। संक्रमण मामला शुन्य जस्तै रहेकाे बेलामा लकडाउन कायम गरिएकाे नेपालमा अहिले मामला चरम बिन्दुमा पुगिरहेकाे बेलामा लजकडाउन खुल्नु निकै घातक साबित हुन सक्ने बिज्ञहरू बताउछन । यथ्यपी नागरिक समेत लकडाउनबाट दिक्क भएका छन भने लामाे समय देखी नेपालमा जारी लकडाउनले नेपालकाे अर्थतन्त्र धराशयी हुनुका साथै अाम नेपाली जनजीवन निकै कष्टकर बन्दै गएकाे छ।