मगर गुमुस्ठा ( मगरको काट छन्म नुङ्के लाम) आयोजित मगर कविता वाचन प्रतियोगितामा हुमा मगर बिजेता बनिन



२०७७ असार ९ मगर समुदायको महान चाड भूम्या(भुल्कु) पर्वको अवसर पारी मिति २०७७ साल असार ५ गते देखि ७ गते सम्म मगर गुमुस्ठा ( मगरको काट छन्म नुङ्के लाम ) ग्रुपका संस्थापक केशव खाम्चा मगर र एड्मिन परिवारले आयोजना गरिएको मगर जातीय पहिचान मगर भाषा कविता वाचन भिडियो प्रतियोगितामा मा पाल्पाका हुमा सुर्यवंशी मगर प्रथम हुनुभएकाे छ ।

हुमा सुर्यवंशी मगरले प्रमाणपत्र सहित रु, ५,००० ( पाँच हजार रुपैयाँ ) पुरस्कार प्राप्त गर्नुभएकाे छ । त्यसै गरी यस प्रतियाेगितामा स्याङ्जाका अमृता थापा मगर दोस्रो स्थान हुन सफल हुनुभएकाे छ । उहाले प्रमाणपत्र सहित रु , ४,००० ( चार हजार रुपैयाँ ) पुरस्कार प्राप्त गर्नुभएकाे छ ।
यस गरी नवलपरासी का पबित्रा थापा मगर तेस्रो स्थान हासिल गरि प्रमाणपत्र सहित रु , ३,००० ( तीन हजार रुपैयाँ )पुरस्कार प्राप्त गर्नुभएकाे छ ।

कुल २१ जना प्रतियोगीहरूकाे सहभागिता रहेकाे यस प्रतियाेगितामा रोल्पाका तिलक संघर्स मगरले चौथो स्थान हासी गरि प्रमाणपत्र सहित सान्त्वना पुरस्कार रु, २, ००० ( दुई हजार रुपैयाँ ) प्राप्त गर्नुभएकाे छ ।
कार्यक्रमलाइ पुरस्कार सौजन्य मगर गुमुस्ठा ग्रुपका संस्थापक केशव खाम्चा मगर ले गर्नु भएकाे थियाे । मगर जातिको महान चाड भूम्या पर्वको अवसर पारी मिति २०७७ साल असार ५ देखी ७ गते सम्म यस् मगर गुमुस्ठा ( मगरको काट छान्म नुङ्के लाम ) ग्रुप एड्मिन परिवारले आयोजना गरेको मगर जातीय पहिचान मगर भाषा भिडियो कविता वाचन प्रतियोगितामाकाे मुल्यांकन समितीमा विशेष सल्लाहकार संन्जोग लाफा मगर , खड्क पामी आले मगर , राकेश बि. एम चिन्तन, हितु राना मगर रहनुभएकाे थियाे ।

आयोजक : मगर गुमुस्ठा एड्मिन परिवार
 अध्यक्ष :कुमारी सारु मगर
संस्थापक : केशव खाम्चा मगर
सह संस्थापक : रेशम राना मगर
ब्यावस्थापक : नारद रमजाली बुढा मगर
सह ब्यावस्थापक : प्रकाश पुन मगर
कोषाध्यक्ष : रोशनी राना मगर
मगर ढुट कार्यक्रम संचालिका : जिबु मगर्नी
सह संचालिका : आर्मित्मा थापा मगर कार्यक्रम
खाम मगर पाङ संचालिका :राम्जिता मगर
सल्लाहकार : दिनेश मगर
सल्लाहकार : अर्जुन बुढा मगर तराली
विशेष सल्लाहकार : श्याम राना मगर