कालापानी क्षेत्रमा नेपाली सेनाको ब्यारेक पनी राख्ने तयारी


२०७७ असार ३ दार्चुला - नेपाल सरकारले भारतले अतिक्रमण गरेको दार्चुला जिल्लाको व्याँस गाउँपालिकामा अबस्थित कालापानी क्षेत्रमा नेपाली सेनाको ब्यारेक राख्ने तयारी गरेको छ। भारतीय अतिक्रमणमा परेको व्याँस गाउँपालिका स्थित एक स्थानमा तत्कालाै नेपाली सेनाको ब्यारेक राख्ने गरी सम्भाव्यता अध्ययन थालिएको छ । नेपाल-भारत-चीन त्रिदेशीय सीमाक्षेत्रमा पर्ने अपिनम्पा संरक्षण क्षेत्रलाई लक्षित गरेर नेपाली सेनाको ब्यारेक राख्न तीनवटा स्थान यसअघि नै हेरिसकिएको थियो। सेनाको ब्यारेक राख्न सम्भावित तीन स्थानको पनि बुधबार दार्चुला पुगेका प्रधानसेनापति पूर्णचन्द्र थापाले अवलोकन गर्ने भएका छन। बुधबार दार्चुला पुगेका प्रधानसेनापति थापाले ती स्थानको अवलोकन गर्ने सैनिक स्रोतले जानकारी दिएको छ।

सरकारले २०६७ सालमा स्थापना गरेको अपिनम्पा संरक्षण क्षेत्रअन्तर्गत व्यास गाउँपालिका भित्र नेपाली सेनाको ब्यारेक राख्ने गरी प्रकृया अघि बढाएको हो। सेना बस्ने सम्भावित ठाउँबारे अध्ययन भइरहेको अपिनम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बताए। उनले भने, सेनाको ब्यारेक राख्ने बारे कुरा भइरहेको छ तर टुंगो लागिसकेको छैन सम्भाव्यता अध्ययन भइरहेको छ ३ स्थानको पहिचान भएको छ। अपिनम्पा संरक्षण क्षेत्रलाई पनी लक्षित गरेर सेना राख्न खोजिएको हो। हाल नेपाल सरकारले व्यास गाउँपालिका-१ छाङ्रूरुको गागामा सशस्त्र प्रहरीको २५ जना टोलीसहितको बोर्डर आउट पोस्ट स्थापना गरिसकेको छ साे स्थान छाङ्‍रु भारतीय सेना बसेको कालापानीबाट १५ किलोमिटर पूर्वमा रहेको छ।। साथै छाङ्रूरुमै नेपाल प्रहरीको चौकी पनी रहेकाे छ ।

त्यसै गरी सरुकारले तिंकरमा पनि प्रहरीको टोली पठाइएको छ। व्यास गाउँपालिका पूरै अपिनम्पा संरक्षण क्षेत्र अन्तर्गत पर्दछ। सैनिक श्रोतका अनुसार ती स्थानको सम्भाव्यता अध्ययन लगभग सकिएको छ। नेपाली सेना स्रोतले पनि ब्यारेक राख्नेबारे प्रारम्भिक तयारी र सर्भे भइरहेको जनाएको छ। अपिनम्पा संरक्षण क्षेत्रलाई लक्षित गरेर छाङरू, सुनसेरा र राप्लामध्ये एक स्थानमा नेपाली सेनाको ब्यारेक राख्ने तयारी भएको छ कुन स्थान उपयुक्त हुन्छ भन्ने टुंगो गरिसकिएको छैन। भारतले भारतीय स्थल सेनालाई नेपाली भूमि कालापानीमा ब्यारेक नै बनाएर राखेको छ। साथै धार्चुला र गर्ब्याङमा पनि भारतीय स्थल सेनाको टोली बसेको छ। तर नेपाली र चिनियाँ सीमा क्षेत्र नजिक सम्म चाहिँ इन्डो-तिब्बतीयन बोर्डर पुलिसको बाक्लो उपस्थिति छ।