अब निजी प्रयोगशालामा पनि कोरोनाकाे परीक्षण, खर्च स्वास्थ्य मन्त्रालयले ब्यहोर्ने


२०७७ जेठ ३२ काठमाडाै - नेपाल सरकारले निजी प्रयोगशालाहरूलाई पनि कोरोना भाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब स्वीकृति लिएर संकलन भएका नमूनाहरू प्रकृया पुरा गरी निजी प्रयोगशालाहरू लाई पनि जाँच्न दिइने जानकारी दिएका हुन। सरकारले कोरोना परीक्षणका लागि देशका २० भन्दा बढी ठाउँमा प्रयोगशालाको व्यवस्था गरेको छ । तर सरकारी मापदण्डअनुसार नै कोरोना परीक्षण गर्नुपर्ने नागरिक धेरै भएपछि ती प्रयोगशालाको क्षमता भन्दा बढी नमुना स‌ंकलन भएका छन ।

नमुना धेरै स‌ंकलन हुँदा परीक्षणको नतिजा आउन बढी समय लाग्न थालेको छ । प्रवक्ता गौतमका अनुसार निजी प्रयोगशालामा परीक्षण गर्दा लाग्ने खर्च पनि स्वास्थ्य मन्त्रालयले नै व्यहोर्ने जानकारी दिएका छन । यसै गरी विदेश जानका लागि भिसा वा निरोगिताको प्रमाणपत्रका लागि कोरोना परीक्षण गर्नका लागि ३ वटा अस्पतालमा नमुना सं‌कलन गर्ने डा. गौतमले बताए । काठमाडौँको वीर, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा नमुना संकलन हुने उनले जानकारी दिएका छन ।