मगर टिकटक - फाेटाे ग्यालरी ग्रुपकाे मगर भेषभुषा फाेटाे प्रतियाेगिता बिजेता बनिन पाल्पाकी तिर्सना मगर


२०७७ असार १२ -  मगर भाषा, भेषभुषा, कला, संस्कृतिलाई संरक्षण संम्बर्द्धन गरौ । भन्ने मुल नाराका साथ सामाजिक संजाल फेसबुक  ग्रुप/पेज   मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप (Magar Tictok - Photo Gallery Group) द्वारा गत असार १ बाट असार ११ गते सम्म   अायाेजित   मगर  भेषभुषा  सिंगल  फाेटाे प्रतियाेगिता मा पाल्पाका तिर्सना झेंडी मगर प्रथम हुनुभएकाे छ ।
 हाल पाेखरामा रहनुभएका पाल्पाली लाफा तिर्सना झेंडी मगरले कुल २७६७ लाइक मत सहित पहिलाे स्थान हासिल गर्नु भएकाे हाे ।  
त्यसै गरी साे प्रतियाेगितामा कुल १९६२ मतका साथमा पाल्पाकै अप्सना काम्मु मगरले दाेस्राे स्थान हासिल गर्नु भएकाे छ ।
 यसै गरी  पाल्पाकै अश्मिता राना मगरले कुल १८५६ मत सहित तेस्राे स्थान हासिल गर्नु भएकाे छ । देश बिदेशमा रहनुभएका  कुल ११५ मगरहरूकाे सहभागिता रहेकाे साे प्रतियाेगिताका बिजेता हरूले क्रमस ३,०००+प्रमाण पत्र, २०००+प्रमाण पत्र र १,000+प्रमाण पत्र प्राप्त गरेका छन ।   गते असार १ गते देखी असार २ गते बेलुकी ५ बजे सम्म पाेषट गर्ने  समय अवधी रहेकाे यस खेलमा असार ११ बेलुकी ७ बजे सम्म अाएकाे लाइकाे अाधारमा बिजेता छनाेट गरीएकाे कार्यक्रम संयाेजक तथा एडमिन दशरथ सारू मगरले जानकारी दिनुभयाे । 

मगर भाषा, भेषभुषा, कला, संस्कृतिलाई संरक्षण संम्बर्द्धन गरौ भन्ने मुल नाराका साथ अायाेजित यस कार्यक्रम मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप (Magar Tictok - Photo Gallery    ग्रुप/पेज काे दाेस्राे कायर्क्रम हाे । यस अगाडी   यस  ग्रुप/पेजले पहिलाे कार्यक्रम मगर भेषभुषामा टिकटक प्रतियाेगिता गत जेठमा अायाेजना गरेकाे    मगर टिकटक - फाेटाे ग्यालरी ग्रुप (Magar Tictok - Photo Gallery ले  जनाएकाे छ  ।