मगर संसार ग्रुप भित्र असार २० गते चित्रकला प्रतियोगिता हुदै यसरी सहभागी हुनुहोस..



२०७७ असार १४
सामाजिक संजाल, मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप पेज भित्र बिभिन्न प्रतियोगिताहरु मध्य मगर लाफाहरूको चाहाना र भिन्न किसिमको प्रतियोगिताको माग अनुसार सबै उमेर समूहलाई सहभागी हुन मिल्ने गरि प्रथम पुरस्कारको ५०% बिरामिलाई सहयोग गर्नुपर्ने उद्देश्यले मगर हस्तीहरूको सम्मान स्वरुप  २०७७ असार २० गते शनिवार मध्याह्न १२ बजे बाट असार २५ गते बिहीबार सम्म  चित्र कला प्रतियोगिता आयोजना  हुने भएकाे छ । साे प्रतियोगिता सम्पूर्ण मगर लाफाहरुले सहभागिता जनाउन सक्ने छन । 

प्रतियोगितामा भाग लिन  मगरहरूको महान हस्तीहरु नेपालका प्रथम शहिद लखन थापा मगर, मगर संघ केन्द्रका संस्थापक हेम बहादुर पुनमगर र पूर्व अध्यक्ष/जनजाति मगर अगुवा गोरे बहादुर खपाङ्गी मगर मध्य  कुनै एक ब्यक्तिकाे चित्र बनाई  मगर संसार फेसबुक ग्रुप भित्र पाेष्ट गर्नु पर्ने कार्यक्रम संयाेजक तथा मगर संसार पेज ग्रुपका संस्थापक अनिल लामिछाने मगरले जानकारी दिनुभयाे । 

अन्य नियम तथा जानकारीहरू यस प्रकार रहेका छन ः  
✅ प्रतियोगिता सुरु :२०७७ असार २० गते शनिवार मध्याह्न १२ बजे बाट असार २५ गते बिहीबार सम्म

✍️चित्रकला प्रतियोगिताको नियमहरु यस प्रकार छःन:-✍️
...............................
१) चित्रकला प्रतियोगितामा सबै उमेर समुहका मगर लाफाहरु सहभागि हुन सकिनेछ।

२) चित्र एडमिनले उपलब्ध गरेको तीन मगर हस्तीहरु प्रथम शहिद लखन थापा मगर, संस्थापक हेम बहादुर पुनमगर र पूर्व अध्यक्ष/जनजाति मगर अगुवा गोरे बहादुर खपाङ्गी मगर मध्य आफ्नो रोजाईमा एक जनाको मात्र चित्र बनाई,सोही चित्रलाई फोटो खीची आफैले पोस्ट गर्नुपर्ने छ।

३) चित्र बनाउँदा हातले कोरेको हुनुपर्ने छ।कम्प्यूटर र मोबाइलमा बनाएको मान्य हुने छैन।चित्र कलर(रंगीन), सादा सबै मान्य हुनेछ।

४) चित्र बनाउँदा आफ्नो नाम ठेगाना उल्लेख गर्नुपर्ने छ।र एडमिनले दिएको समय अवधि भित्र नाम र ठेगाना लेखी पोस्ट गर्नुपर्ने छ।

५) चित्र पोस्ट गर्ने समय २०७७ असार २० गते शनिवार मध्याह्न १२ बजेदेखी रातिको ९ बजे भित्र अनिवार्य पोस्ट गर्नु पर्नेछ।

६) भोटिंग समय ५ दिन अर्थात असार २५ गते बिहीबार बेलुकी ५ pm सम्म मात्र रहने छ।

७) नतीजा like को आधारमा हुने, सबै like लाई सम्मान अंक दिइने ,share,मेंशन,tag, cmt सबै खुल्ला रहनेछ। मगर लाफाहरुलाई add गर्नुपर्नेछ।

८) बिजेता हुने बाइक अन्य प्रतियोगिहरु मध्यबाट एक जना चित्रकला प्रतियोगीलाई उत्कृष्ट चित्र कला घोषणा गरीनेछ।जसको मुल्यांकन एडमिनले गर्ने छ।

९) चित्र अरूले बनाएको पोस्ट गर्न नपाउने तर साना बाबुनानीले बनाएको चित्र भने बाबाआमा वा परिवार भित्रको सदस्ले पोस्ट गर्न पाउनेछ। जसको लागि बाबुनानीले बनाएको चित्र आफैले समाएर फोटो खीची पोस्ट गर्नुपर्ने छ।

१०) गेम सकेपछि बिजेता तथा पुरस्कृत बनेका सम्पूर्ण प्रतियोगि लाफाहरु मगर संसार ग्रुप भित्र अनिवार्य live बस्नुपर्ने छ। र live बसी प्रतियोगितामा सहभागी जनाएको चित्र बनाउनु पर्नेछ।

११) प्रथम हुने बिजेताले जितेको पुरस्कारको 50% दिन दुखी गरीब बिरामिलाई सहयोग गर्नुपर्ने छ। तर अन्य बिजेताको हकमा भने यो नियम लागू हुने छैन।

१२) नतीजा भोटिंग समय सकिएको १ घण्टा पछि सार्बजनिक गर्ने छौ।

१३) चित्रको मात्र फोटो वा चित्रकारले स्वयमले हातमा समायर फोटो खिचेर पोस्ट गर्न सक्ने छ।चित्रकारको मगर ड्रेस भने आवस्यक नपर्ने।।

१४) प्रतियोगितामा कुनै बिबाद उत्पन्न भएमा एडमिनको निर्णय नै अन्तिम निर्णय हूनेछ।
----------------------------
🏆🏆🏆🏆पुरस्कारहरु:-🏆🏆🏆🏆🏆

✅ प्रथम :- रू.२०,०००/- + सम्मान पत्र
(बिजेताले पुरस्कार 50% प्रायोजकको रोजाइमा बिरामिलाई अनिवार्य सहयोग गर्नुपर्नेछ भने 50% आफैले लीन पाउने छःन।)
✅ दोस्रो :- रू.७,०००/- + सम्मान-पत्र
✅ तेस्रो :- रू.५,०००/ + सम्मान-पत्र
✅ सान्त्वना :- रू.३,०००/- + सम्मान-पत्र
✅ उत्कृष्ट १ जनालाई रु.५,०००/- + सम्मान-पत्र

🌹🌹पुरस्कार प्रायोजकहरु निम्न छःन:-🌹🌹

१) प्रथम पुरस्कार प्रायोजक :- सीअरा रानामगर - स्याङजा सालडांडा हाल UK

२) दोस्रो पुरस्कार प्रायोजक: चित्र बहादुर गाहामगर - स्याङजा ,वालिङ- १२,डांडाखर्क हाल कोरिया

३) तेस्रो पुरस्कार प्रायोजक : यूमिको फगामी मगर- म्याग्दी देबिस्थान हाल जापान

४) सान्त्वना पुरस्कार प्रायोजक : थमन नाइसा मगर - बागलूङ् ताराखोला -१ हाल बहराईन

५) उत्कृष्ट एक जनालाई पुरस्कार प्रायोजक : कृष्ण घर्ती मगर -मादि-६,रोल्पा हाल मलेशिया

(Note :- पुरस्कार प्रत्यक्ष भेटेर दिन सम्भब नभयको खण्डमा बैंक वा ime मार्फत दिनेछौ।)

✅संस्थापक/खेल संयोजक :-#अनिल लामिछाने मगर(रूपनदेही हाल कोरिया )

एडमिनहरु:-
1)#राज लम्तरी मगर(बाग्लूङ्,हाल जापान)
2)#रंजु बडकौली मगर( धादिङ)
3)#रेहना मगर(महोत्तरी,हाल ktm)
4)#मन मास्की रानामगर(स्याङ्जा,हाल इजराइल)
5)#बिखर्ची रोकामगर(म्याग्दी,हाल मलेशिया)
6)#Mb मगर(सिन्धुली,हाल दुबई)
7)#आयुष्मा मगर(पाचथर)
8)#सपना थापा मगर(सोलुखुम्बू,हाल रोमनिया)
9)#एलिना थापा मगर(गोरखा,हाल जापान)
10)#छिनिङ मगर( सुर्खेत)
11)#प्रनिस आलेमगर(रामेछाप हाल ktm)
12)#सपना रोका पुनमगर (रोल्पा, हाल दाङ)
13)#नबीन मगर(नवलपुर)
14) #सुनील मगर (सिन्धुली)