मगर भाषिक Tiktok डान्स प्रतियोगिताबाट प्रभावित भई म्याग्दीकी पुष्पाले गरीन रू.२२,०००/- सहयोग



२०७७ असार ५
मगर भाषा, धर्म,कला,संस्कार, संस्कृति पहिचानलाई संरक्षण गरौ बिश्व भरीका मगरलाई एकजुट गरौ भनी मूल उद्देश्य बोकेर अघि बढेको मगर समुदायको माझमा निकै लोक प्रिय बनेको समाजिक सञ्जाल मगर संसार (magar sansar) photo gallery ग्रुप पेज ले अायोजना  गरेको खुल्ला मगर भाषीक टिकटक डान्स प्रतियोगिता २०७७ को फाइनल चरणको भोटिंग चलिरहेकोछ।
यसै क्रममा म्याग्दी हिस्तान औलो घर हाल U.K निवासी समाजसेवी/मनकारी लाफा पुष्पा पुनमगरज्यूले मगर संसार(magar sansar) Photo Gallery ग्रुप/पेज भित्र आयोजना गरेको बृहत मगर भाषिक Tiktok डान्स प्रतियोगिता २०७७ बाट निकै प्रभावित भई आफ्नो स्व इच्छाले टोटल ९० जना प्रतियोगी मध्य २२ जना प्रतियोगी बाबुनानीहरुलाई रू.१/१ हजारको दरले हौशला/प्रोत्साहन स्वरूप दिनु भनी मगर संसार /एडमिनलाई रू.२२,०००/- (नेपाली रुपिया बाइस हजार ) रकम पठाउनु भएको  संस्थापक तथा संंयोजक अनिल लामिछाने मगर(हाल कोरिया) ले  जानकारी दिनुभयो ।

उहाको यो उच्च मनकारी मनलाइ उच्च सम्मान गर्दै मगर संसार र मेम्बर परिवारले हार्दिक आभार ब्याक्त गरेेेेको छ  ।
 भाग्यमानी २२ जना प्रतियोगिको नाम भने असार ७ गते आइतबार बेलूकीमा सार्बजनिक गरीने मगर संसार एडमिन परिवारले जनाएको छ ।