कोरोना विरुद्धको लडाइ : नेपालको औषधिमा विश्व स्वास्थ्य सङ्गठन (WHO) को चासो


२०७७ जेठ २३ - KTM - विश्व स्वास्थ्य सङ्गठन (WHO)ले नेपालकाे हेटौँडा मा अवस्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोभिड १९ विरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा बिशेष चासो लिएको छ। जेनेभास्थित डब्ल्युएचओ अफिसियल कार्यालयले भिडियो कन्फरेन्स बाट नेपाल लगायत ७३ राष्ट्रका विज्ञहरूसँग कोरोना विरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको अध्ययन संस्थानका डा. ललितकुमार दासले जानकारी दिएका छन । यस अगाडीस उक्त प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओ मा समेत पठाइएको थियो। त्रिवि, वनविज्ञान अध्ययन संस्थानको संस्थानका प्रा.डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेका भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा WHO ले बिहीबार थप जानकारी लिएको हो। करिब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा प्रश्न सोधिनाका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको अध्ययन संस्थानका प्रा. दामोदर गैरेले बताउनुभयाे । उनले भने, सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्छ त्यस पछि WHOसँग त्यसको प्रभावकारिता मूल्याङ्कनका लागि पहल गरिने बारे कुराकानी भयो । WHO मा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा. दासको समूहलाई छलफलमा बोलाइएको बताइएको छ। प्रा.डा. दासले दुई महिनादेखि कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी लिएर शोध गरी उक्त खोप (औषधि) निर्माण गरेको जिकिर गरको छन । साे खोपको परियोजना स्वीकृत भएमा ५ लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुनेछ ।