बनारसमा मुण्डन गरिएका व्यक्ति भारतीय नागरिक


२०७७ साउन ३ - काठमाण्डाै - भारतकाे उत्तर प्रदेशको वाराणासीमा एक भाइरल भिडियोमा देखिएका व्यक्ति नेपाली नभइ भारतीय नै भएको खुल्न अाएकाे छ । यस अगाडी नेपाली नागरिकको जबर्जस्ती कपाल खाैरेर जय श्री राम लेखिएकाे भनिएकोमा शनिबार घटनामा नयाँ मोड लिएकाे हो । गत बुधबार कथित नेपाली नागरिककाे जबर्जस्ती कपाल खाैरिएकाे भिडियाे भाइरल भएकाे थियाे । कपाल खाैरिदिएपछि ती युवककाे टाउकाे मा जय श्री राम लेखेर नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीविरद्ध नाजाबाजी गरेका थिए । वाराणासीका प्रहरी प्रमुख एसएसपी अमित पाठकका अनुसार भिडियोमा देखिएका व्यक्ति नेपाली नभइ भारतीय नै भएको बताएका छन ।

प्रहरी टिमले ती व्यक्तिलाई हिरासतमा लिएर सोधपुछ गर्दा यस्तो तथ्य बाहिरिएको हो । कथित नेपाली युवकले आफ्नो नाम धर्मेन्द्र सिंह भएको बताएका हुन । उनी साडीको पसलमा काम गर्छन। लकडाउनको कारण आर्थिक सङ्कट झेलिरहेका सिंहलाई संस्थाका सदस्यले १ हजार भारतीय रुपैयाँको लोभ देखाएर भिडियो बनाएको एसएसपी पाठकले बताएका छन । यो तथ्य बाहिरिएपछि प्रहरीले विश्व हिन्दू सेनाका संस्थापक र मुख्य आरोपी अरुण पाठकको खोजी सुरु गरेको छ । उनीहरुविरुद्ध मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएलगत्तै प्रहरीले पक्राउ गर्न खोजी सुरु गरेको हो । अहिलेसम्म चार जनालाई पक्राउ गरिएको सञ्चारमाध्यमले जनाएका छन ।