राष्ट्रपति द्धारा संघीय संसदको बजेट अधिवेशन अन्त्य


२०७७ असार १८ काठमाडौ - नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएकाे छ । भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिनुभएकाे भएकाे । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद बाट साे सिफारिस भएको डेढ घण्टाभित्रै संसद अधिवेशन अन्त्य गर्नुभएकाे हाे । गत वैशाख २६ गतेबाट शुरु भएको संसदको अधिवेशनले सरकारको नीति तथा कार्यक्रम, बजेट पारित गरेको छ साथै त्यसबाहेक अन्य केही विधेयकहरु समेत पारित गरेको छ । यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।