नारायणघाटको पुलमा जलसतहले सतर्कताको तह पार गर्याे !


२०७७ साउन ५ चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेकाे छ । साे स्थानमा जलसतह ८ मिटर नाघेपछि खतराको तह पार हुनेमा ९ मिटरमाथि आएकाे हाे । वर्षा नरोकिएकाले जल सतह थप बढ्ने अनुमान गरिएको छ। यस्तै नारायणघाटको पुलमा जलसतहले सतर्कताको तह पार गरेको हो। उक्त स्थानमा जल सतहले ११ मिटर नाघेपछि सतर्कताको तह पार हुनुपर्नेमा जलसतहले ११. ९८ मिटर पार गरेको जल तथा मौसम विज्ञान विभाग का महानिर्देशक सरजु कुमार वैद्यले बताएका छन ।

विभागले नारायणीमा खतराको तह पार गरेको स्थानका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उक्त स्थान छाडेर सुरक्षित स्थानमा जान तथा सतर्कताको तह पार गरेको स्थानका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पूर्वी नपलपरासी र चितवन का तल्लो तटीय क्षेत्रमा पानीकाे बहाव बढेसंगै बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन अलर्ट जारी गरिएकाे वैद्यले जानकारी दिएका छन ।