कालापानी क्षेत्रमा नेपालीलाई भारतको बाटो प्रयोगमा रोक


२०७७ साउन ९ काठमाडौ - छिमेकी मुलुक भारतले नेपालकाे भारत अतिक्रमित भुभाग कालापानी क्षेत्रमा नेपालीलाई धार्चुला, गब्र्याङ हुँदै छाङरु-तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएका छन । साे क्षेत्रमा दार्चुलाको ब्याँस-१ का स्थानीय नेपालीले साे बाटो प्रयोग गर्दै आएका थिए । हाल नेपालतर्फ को बाटो यात्रा गर्न सकिने अवस्थामा नरहेको बेलामा भारतले बाटो प्रवेशमा रोक लगाएको वडाध्यक्ष अशोक बोहराले जानकारी दिएका छन । बिश्वब्यापी महामारी कोभिड- १९ का कारण लगाइएको लकडाउन र कालापानी सीमा विवादका कारण पनी नेपालीलाइ साे बाटो प्रयोगमा रोग लगाएको बोहराले बताएका छन ।

नेपालले केही समय अगाडी भारतद्वारा अतिक्रमित भुभागहरू लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशित गरे पछि भारतीय सिमा सुरक्षा बलले नेपालका स्थानीयलाई अवरोध गरेका थिए । ब्याँस- १ छाङरु र तिंकरवासीहरू साे भुभागमा ब्यपक हिमपात हुने भएकाेले पुस देखि वैशाख सम्म दार्चुला'काे सदरमुकाम खलङ्गाल गायत तल्लो भागमा झर्ने गर्दछन । जेठदेखि उनीहरू फेरि खेतीपातीका लागि गाउँ फर्कन्छन। गाउँ फर्कने क्रममा त्यहाँका नेपाली'हरू नेपाल तर्फकाे सडक सन्जाल राम्राे नहुदा भारतकाे धार्चुला, गब्र्याङ बाटो प्रयोग गर्छन् ।

भारतले बाटो प्रयोग'मा अवरोध गरे'पछि छाङरु र तिंकर'वासीले सहुलियत भाडा'मा हेलि'कप्टरको माग गरेका छन् । वडा'ध्यक्ष बोहराले सुदूर'पश्चिम प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री प्रकाश रावल'लाई भेटेर यस्तो माग गरेका हुन् । स्थानीय'वासी मात्र नभई त्यस क्षेत्र'मा कार्यरत राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी'लगायत'लाई यस्तो सुविधा अत्यावश्यक भएको उनी बताउँ'छन । हेर्नु'होस् ज्ञापनपत्र