भारतीय नागरिक नेपाल प्रबेश गर्दा कोरोना फैलियो : मुख्यमन्त्री राउत


२०७७ साउन वीरगञ्ज १३ - प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्ज र राजविराजमा लुकिछिपी नेपाल छिरेका भारतीय नागरिकका कारण कोरोनाकाे तिब्र संक्रमण भएकाे बताएका छन ।साेही कारण उनले सीमा क्षेत्रमा कडाई गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिइसकेको बताएका छन । वीरगञ्ज उद्योग वाणिज्य संघमा मंगलबार आयोजित सर्वपक्षीय छलफलमा मुख्यमन्त्री राउतले विषम परिस्थितिको सामना गर्न राजनीतिक दल एक हुनुपर्ने बताए । महामारी नियन्त्रण संघीय सरकारको जिम्मेवारी हो भनेर हामी बसेका छैनौं । सकेको सहयोग गरिरहेका छौं । अहिले एक अर्कालाई दोष दिएर पार लागिदैन’ मुख्यमन्त्रीले भने वीरगञ्जमा तीन जना भारतीय जमातीमा कोरोना संक्रमण पुष्टि भएपछि जुन किसिमले व्यवस्थापन भयो ।

अहिले त्यसरी नै काम हुनुपर्छ । त्यसका लागि यहाँका राजनीतिक दल एक हुनुपर्छ । खुल्ला सीमाका कारण बिभिन्न झुण्ड झुण्डमा भारतीय नागरिक आएका छन । उनीहरुबाट नै कोरोना संक्रमण फैलिएको छ’ उनले भने ‘सीमा क्षेत्रमा कडाइ नगरी हुँदैन, उताबाट मानिस आउन दिइरहने हो भने महामारी नियन्त्रण भन्दा बाहिर जान्छ । सुरक्षा अधिकारीसँग यस विषयमा छलफल भइसकेको छ उनले बताएका छन ।