साउदीमा ज्यान गुमाएका बिक्रम रानाको परिवरलाई केशव खाम्चा मगरकाे पहलमा ५४५,१७८ आर्थिक सहयोग


२०७७ साउन १४
 मगर गुमुस्ठा ( मगरको काट छान्म नुङ्के लाम ग्रुपका सकृय एड्मिन संस्थापक तथा समाजसेवी केशव खाम्चा मगर ज्यु को पहलमा साउदी अरेबिया मा ज्यान गुमाएका बिक्रम राना मगर को परिवरलाई रु , ५४५,१७८ ( पाँच लाख,पैंतालीस हजार, एक सय ,अठहत्तर रुपैयाँ आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।

 बिगत ११ वर्ष पहिले जन्म थलो देखि कर्म थलो को यात्रा सङसङ्गै ११ वर्ष सम्म एकै कम्पनीमा कार्यरत एउटै रुम पाट्नर साथी जन्म घर कोलडाडा २ गिजनचौउर पाल्पा हालको बसाइँसराइ रुपन्देही देवदह खैरेनी घर भइ विगत ११ वर्ष देखि साउदी अरेबिया मा कार्यरत मिलनसार आत्मीय साथी नाम : बिक्रम राना मगर ज्यु को एक्कासी अकल्पनीय निधन भएकोले गर्दा उहाको छोरा छोरी लाई पढाइ खर्चमा केही टेवा पुगोस् भनी सगैं काम गर्ने साथीहरू सङ्ग आर्थिक सहयोग संकलन गरि रु , ५४५,१७८ ( पाँच लाख,पैंतालीस हजार, एक सय , अठहत्तर रुपैयाँ ) दुर्गी सरा सारु मगर ज्यु को हात बाट हस्तान्तरण गरिएकाे केशव खाम्चा मगर ले बनाउनुभयाे । 

 साे अभियानमा नेपाली , इन्डियन , बङगलादेशी , पाकिस्तानी साथीहरूकाे सहयाेग रहेकाे छ । आर्थिक सहयाेग अभियानम आर्थिक रकम संकलन गर्न लाल बहादुर थापा मगर कृष्ण बि, सि , पारस , चौधरी र दिल बहादुर दर्लामी मगर ज्यु लगायतले अभियानमा बिशेष सहयाेग गर्नुभएकाे थियाे । 

यस दुखद घडीमा स्वर्गिय मृत आत्माको चिर-शान्तिका कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ, साथै निज मृतकका छोरा , छोरी , श्रीमति लगायत शोक सन्तप्त परिबारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौ ।