म्याग्दी मराङका पहिराे पिडितहरूलाइ धवलागिरी युवा क्लब, मोना म्याग्दी द्वारा राहात बितरण


२०७७ असार ३० - पाेखरा - गण्डकी प्रदेश म्याग्दी जिल्लाकाे धवलागिरि गाउँपालिका ६ को मराङ का पहिराे पिडितहरूलाइ राहात बितरण गरिएकाे छ । केही दिन यता परेकाे अबिरल बर्षाका कारण गएकाे पहिराेमा परी साे स्थानमा २० जनाकाे ज्यान गएकाे छ भने सबिन पुन र जनिमा क्षेत्री गरी २ जना बेपत्ता भएकाे छ । जसमा ज्यान गुमाउने २० जनाकाे सनाखत भैसकेकाे छ । धवलागिरी गा.पा.-६ मराङ कल्लेनी का २४ घर समुदायको करिब ८५ जना पहिराे बाट बिस्थापित परिवारलाइ धवलागिरी गा.पा. ४ मुदि मा रहेको प्रथम धवलागिरी युवा क्लबले रु.२९,१३०।- बराबरको खाद्यन्न बितरण गरेका छन ।

साथै म्याग्दी होटल ब्यवसाय संघका सचीव सरोज थापा समेत ३ बोरा चामल र एक प्याक खाने तेल सहयाेग हस्तान्तरण गरिएकाे डिके चाेचाङ्गी मगरले जानकारी दिनुभयाे । यसै गरी बिस्थापित परिवारलाइ मोना म्याग्दीले ५ थान कम्मल हस्तान्तरण गरेकाे छ । मराङ कल्लेनी वाड न. ६ का २४ घर परिवारका करिब ८५ जना पहिरो पीडितहरु बिस्थापित भएर अहिले वाड न.७ सिबाङमा बसेका छन । पहिरो बाट मराङ मा मात्र २० जनाले ज्यान गुमाएका छन भने करिब १५ जना घाइते भएका छन ।