भदौ १ बाट हवाई उडान खुला गर्ने निर्णय


२०७७ साउन ५ - बिगत ५ महिना देखि बन्द रहेको आन्तरिक तथा बाहृय हवाइ उडान अागामी भदौ १ गतेबाट सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान पुनः सुचारु गर्ने निर्णय भएकाृ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन नेपाल सरकारले सरकारले गत चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने ११ गतेबाट आन्तरिक उडान समेत रोकिएको थियो ।

गत जेठ २६ बाट सरकारले नेपालमा लकडाउन केही खुकुलो गरिएको भए पनि हवाई सेवा भने प्रतिबन्ध कायमै गरिएकाे थियाे । पछिल्लो समय विदेशबाट नेपाल फर्किने नागरिकहरूका लागि चार्टर फ्लाइटहरू भने भइरहेको छ नियमित उडानमा भने प्रतिबन्ध कायम छ । अब अन्तराष्ट्रिय अभ्यास र विदेशमा भएका नेपालीहरूलाई आउन दिन पनि हवाई सेवा सुचारू गर्ने निर्णय भएको मन्त्री भट्टराईले बताए त्यसका लागि हवाई उडानसम्बन्धी प्रोटेकल मन्त्रालयले बनाउनेछ ।