१रुपैयाँ घुस खानेलाइ पनि छाडिन्न : अख्तियार प्रमुख घिमिरे


२०७७ साउन ११ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले देशमा बिद्यमान साना या ठूला जुनसुकै भस्टाचारीलाइ कारवाहीको दायरामा ल्याउन लागिपरेको बताएका छन । बिशेष गरी बिगतमा झै अहिले पनी अख्तियार ठूला भ्रष्टाचारी (ठुला माछा) प्रति नरम र साना माछा ( दुई चार हजार घुस खाने सामान्य कर्मचारी) विरुद्ध कडा रुपमा लागेको आरोप लागिरहेका बेला : अख्तियार प्रमुख घिमिरेले यस्तो धारणा राखेका छन । राजधानीमा काठमाणडाैमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अख्तियारका प्रमुख घिमिरेले भने, १रुपैयाँ घुस खाए पनि भ्रष्टाचार भ्रष्टाचार नै हो, हामी साना ठूला भनेर बस्दैनौं ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा घिमिरेले स्टिङ अपरेसन को पनि खुलेरै बचाउ गरेका थिए । सेवाग्राही र सेवा प्रदायकबीचको टेलिफोन कन्भरसेसन लगायतका आधारमा मात्रै आयोगले स्टिङ अपरेसन गर्ने गरेको उनले बताए । यस्तो अपरेसन गर्दा आयोग पूर्वाग्रही नभएको घिमिरेको दाबी छ । पछिल्लो समय देशमा भ्रष्टाचार बढेको नभइ अाफु नेतृत्वकाे आयोगले ब्यापक सक्रियता बढाउँदा भ्रष्टाचारीहरूका भटाभट समातिएकाे र बाहिर भ्रष्टाचार बढे जस्तो देखिएको उनले बताए ।