अाज बाढी-पहिरोबाट नेपालभर १८ जनाको ज्यान गयाे, ४१ बेपत्ता


२०७७ असार २६ - काठमाडौं - मनसुन सुरू भएसंगै केही दिन यता नेपालमा अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी आज देशका विभिन्न स्थानमा १८ जनाले ज्यान गुमाएका छन भने ४१ जना बेपत्ता भएका छन। राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी अवस्थीले कास्कीमा ७, म्याग्दी, लमजुङ र जाजरकोटमा ३–३ जना र रुकुममा २ जनाको ज्यान गएकाे जानकारी दिए।

गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएको थियो। त्यसको भोलिपल्ट जेठ ३१ गते पर्वतको कुस्मामा गएको पहिरोमा ९ जनाको मृत्यु भएको थियो। मुरारीका अनुसार म्याग्दीमा ३१, जाजरकोटमा ९ र रुकुममा एक जना गरी ४१ जना बेपत्ता रहेका छन्। यसअघि बुधबार राति सिन्धुपाल्चोक पहिरोमा परी २ जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता रहेको पनि मुरारीले बताएका छन । यससँगै नेपालमा यसवर्षको मनसुन सुरु भएयता मृत्यु हुनेको संख्या ३५ पुगेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। यस अवधिमा ५९ जना बेपत्ता रहेका छन । गत हप्ता असार २० गते बझाङको केदारस्यु गाउँपालिकामा गएको पहिरोमा परी ६ जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका थिए।