भारतीय लाइनमा उभिदा सरिता गरिककाे संसद पद चट ! पार्टीबाट पनी निष्कासित


२०७७ असार २३ - काठमाडौ - समाजवादी पार्टीका नेतृ तथा प्रतिनिधिसभा सदस्य भारतीय मुलका सरिता गिरीलाई पार्टीबाट निष्कासन गरिएकाे छ । पार्टीबाट निष्कासन भए सँगै गिरीकाे सांसद पद समेत गुम्न पुगेकाे छ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेपछि उनको ठाउँमा ललितपुर महानगरपालिका-१३ निवासी लीला सिटौला सांसद बन्‍ने भएकी छन्। खस आर्य महिला कोटाबाट समानुपातिक सांसद बनेकी सरिताको ठाउँमा ललितपुरकी सिटौला प्रतिनिधिसभामा जाने भएकी हुन्। पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले गिरीलाई कारबाही गर्ने निर्णय भएको जानकारी दिएका छन । गिरीले सरकारले कालापानी लिम्पियाधुरा र लिपुलेक समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन । पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन, नेपालले जारी गरेको भारतद्वारा अतिक्रमित भूमिसहितको नक्साविरुद्ध उभिएपछि गिरीलाई समाजवादीले कारवाही गरेको हो। सरिता गिरी सिरहाको लहानकी हुन् भने सिटौला ललितपुरकी हुन्। समाजवादीले मंगलबार कारवाही गरेपछि सांसदबाट विस्ठापित गिरीको ठाउँमा बन्दसूचीमा उनीभन्दा तलकी सिटौला स्वतः सांसद बन्‍ने भएकी हुन ।