सार्वजनिक यातायात नचलाउने व्यवसायीकाे निर्णय, कारण यस्ताे ........


२०७७ असार - २६ - काठमाडाैँ - नेपाल सरकारले छाेटाे दुरी तथा स्थानीय (लाेकल) गाडी अर्थात सिटिभित्र वा जिल्ला भित्रका सार्बजनिक यातायात भाडा बढाइ चलाउने निर्णय गरे पनी । तत्कालै खाडी नचल्ने भएकाे छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने अहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्न नसकिने बताएको छ । सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दुरीका सवारी सञ्चालन गर्ने निर्णय गरेसँगै महासंघले अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने जनाएकाे छ । चालक र सहचालकका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कोरोना बिना गर्नुपर्ने, भाडा बढाएर सवारी सञ्चालन गर्नु अहिलेको समस्यामा समाधान नभएकाले जनाउदै उनले दैनिक सञ्चालन खर्च उठ्ने र बैंक किस्ता तिर्न पुग्ने गरी उपदानको व्यवस्था हुनुपर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार बसेको केन्द्रीय कमिटि बैठकले लक डाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लक डाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुर्नविचार गर्नुपर्ने लगायतका माग पुरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको हाे । लक डाउनको १ सय १० दिनसम्म पार्किङमा रहेका सवारी निकाल्दा सर्भिसिङमा मात्रै ५० हजार देखि ५ लाखसम्म खर्च हुनेअवस्था भएकाले पुर्नकर्जाको व्यवस्था गर्नुपर्नेबताउनुभयो । उहाँले बताउनुभयो । बिहिबार मात्र प्रचलित भाडादरमा ५० प्रतिशत बढी रकम लिन पाउने व्यवस्था सहित सरकारले जिल्ला भित्र मात्रै सञ्चालन गर्ने गरी सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।