नेपाल भित्र सबै भारतीय न्यूज च्यानलको प्रसारण बन्द । यस्ताे सम्म रिपाेर्ट बनाए भारतीय मिडियाले (भिडियाे)


२०७७ असार २६ - काठमाडाै - बिगत केही समय अगाडीबाट नेपाल र नेपालीका बिषयमा बिभन्न भ्रामत्मक तथा कपाेल्पित समाचारहरू निरन्तर पर्सारण भइरहेपछी नेपाल भित्र दुरदशर्न बाहेक सबै भारतीय न्यूज च्यानलको प्रसारण बन्द गरिएकाे छन । बिहीबार साँझबाट नेपाल भित्र सबै भारतीय न्यूज च्यानलको प्रसारण बन्द गरिएकाे हाे । मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार भारतीय सञ्चारमाध्यमले नेपालको बारेमा अफबाह फैलाएका कारण बन्द गर्ने निर्णय भएको शर्माले बताए । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय गरेका हुन । नेपालले नया नक्सा छापेर कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपालमा समाबेस गरेदी नै भारतीय मिडिया नेपाल बिरूद्द खनिदै निरन्तर भ्रमकाे खेती गरीरहेका छन ।

यसैबीच हिजेा मात्र अाएकाे प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासङ्घले त्यसको भत्र्सना समेत गरेको छ । महासङ्घले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारका सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ ।

भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लोस्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ, भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासङ्घको ठहर छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चार माध्यमहरुले प्रशारण गरिरहेको सामाग्रीप्रति प्रेस संगठन नेपालले कडा आपत्ति जनाएको छ । भारतीय मिडियाका पछिल्ला हर्कतले नेपालको स्वाभिमानमाथि नै गम्भीर आँच पुर्याउने काम भइरहेको भन्दै सो संगठनले खेद प्रकटसमेत गरेको छ । के थियाे भिडियाेमा ? हेर्नुस