निष्काशित सरिता गिरीकाे खराे अाक्राेस, म अब अदालत जान्छु । मानवअधिकार कर्मी अन्सारी गिरीकाे पक्षमा !


२०७७ असार २३ - समाजवादी पार्टीको नीतिविपरीत काम गरेको भन्दै नेत्री सरिता गिरीलाई निष्कानमा परेपछी उनले त्यसविरुद्ध अदालतले जाने बताएकी छन । गरिले पार्टीको निर्णय गैरकानुनी भएको आरोप समेत लगाएका छन । उनले भनिन मैले पनि मिडियाबाट थाहा पाएँ, जानकारी नै नगराई निष्काशित गरेको भनियो। यो अन-लफूल एक्ट हो।

पार्टीको ४२५ सदस्यीय केन्द्रीय समितिले मात्र यस्तो निर्णय गर्न सक्ने प्रावधान रहेकाे उनले बताइन । यो कदम सङ्घीय कानुन र पार्टीको विधानविपरीत कदम हो। त्यही भएर म अब सर्वोच्च अदालत जान्छु। निष्कासित गिरिले भनिन । निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि गिरीले संशोधन प्रस्ताव दर्ता गराएपछि त्यसलाई फिर्ता लिन समाजवादी पार्टीले निर्देशन दिएको थियो। विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएकोमा मतदान प्रक्रियालाई नै नेत्री गिरीले बहिष्कार गरेकी थिइन्। गिरि निष्कासनमा परेसंगै राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले पनी सरिता गिरीलाई सांसदबाट हटाउने निर्णय फिर्ता लिन माग गरेकी गरेका छन ।

संसदीय दलको हि्वप उल्लंघन गरेको भन्दै समाजवादी पार्टीले गरेको कारवाही खेदजनक रहेको अन्सारीले बताए । उनले भने. सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानविन प्रतिवेदनको आधारमा कारवाही गरी निश्कासन र सांसदबाट निलम्बन हुने विषय खेदजनक छ’ अन्सारीले टि्वटरमा लेखेकी छन्, ‘संसदमा आफ्नो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारवाही गर्नु अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरीत रहेकाले निर्णय फिर्ता लिन अनुरोध गर्दछु ।