डा. महाबिर पुन नेतृत्वकाे राष्ट्रिय आविष्कार केन्द्र, नेपाल सरकार द्वारा २ पुरस्कारबाट सम्मानित


२०७७ असार ३० - काठमाण्डाै - डा. महाविर पुन मगर नेतृत्वकाे राष्ट्रिय आविष्कार केन्द्रले नेपाल सरकार बाट साेमबार एकै दिनमा दुई वटा पुरस्कार प्राप्त गरेकाे छ ।

आविष्कार केन्द्र शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालय, डिल्लीरमण - कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति बाट डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०७७ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय बाट पुष्पलाल राष्ट्रिय पुरस्कार प्राप्त गरेकाे हाे ।

जसमा दुबै बिधाबाट रू एक/ एक लाख गरी दुइ लाख रुपैंया पुरस्कार प्राप्त भएको आविष्कार केन्द्रका संस्थापक डा. महाबिर पुनले जानकारी दिनुभयाे ।

पछिल्लाे समय नेपालमा ४ महिना लकडाउन हुदा काेराेना नियन्त्रणमा अाबिस्कार केन्द्रले बिभिन्न मेडिकल उपकरण तथा मेडिकल सुरक्षा बन्दाेबस्तका कार्यमा बिभिन्न स्वास्थ संस्थाहरूलाइ निशुल्क प्राबिधिक तथा उपकरण सहयाेग गरेकाे थियाे ।

साे पुरस्कार ग्रहण गरेपछी डा. पुनले कोरोनाको लक डाउनमा राष्ट्रिय आविष्कार केन्द्रमा नै बसेर बिगत झन्डै चार महिना देखि रात दिन काम गर्ने अनुसन्धानकर्ता भाई बहिनीहरुको मनोबल ज्यादै उच्च भएको बताउदै सम्मानको लागी नेपाल सरकारलाई धन्यबाद दिनुभएकाे छ । केन्द्रले हाल, ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य,लगायतका क्षेत्रमा अनुसन्धान र उत्पादनकाे काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ।