५० % भाडा बृद्दी गरी लाेकल सार्वजनिक यातायात खोल्ने निर्णय


२०७७ असार २५ काठमाडौ - सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कुल क्षमताको ५० प्रतिशत यात्रु राखेर छोटो दुरीका सवारी सञ्चालन हुने बताएका छन । काठमाडौ उपत्यकाको हकमा काठमाडौँ, ललितपुर र भक्तपुर तथा अन्य जिल्लाको हकमा जिल्ला भित्र मात्रै (लाेकल) यातायात सञ्चालन हुने गरी सार्वजनिक सवारी सञ्चालन हुने भएकाे छ । जस अनुसार एक पंक्तिको एक सिटमा एक जना मात्र बस्ने गरी कुल यात्रस क्षमताको ५० प्रतिशत मात्रै यात्रु बाेक्न पाइनेछ । साथै सार्वजनिक यातायातले यो मापदण्ड लागु हुँदासम्म प्रचलित भाडादरमा ५० प्रतिशत बढी भाडा लिन पाउने छन ।

सवारी, चालक र सह चालकले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ । गाडीमै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने चालक र सहचलकले मास्क सँगै भाइजर र पञ्जा लगाउनुपर्ने र दैनिक निसंक्रमित गरेर मात्रै सवारी गुडाउनुपर्ने खतिवडाले बताउनुभयो । केही दिन अगाडीबाट ट्याक्सी सेवा पनि सञ्चालनमा आएका छन् ।

यसअघि चालक बाहेक २ जना मात्रै बस्न पाइने गरी नियम बनाइएकोमा अब २ जना बाहेक एकैपरिवारका ५ वर्षमुनिका अरु सदस्यहरु समेत ट्याक्सीमा सवार हुन सक्ने ब्यबस्था छ । भाडादर भने पुरानै कायम छ । ट्याक्सीहरु तत्कालैबाट सञ्चालन भएपनि अन्य सार्वजनिक सवारीको हकमा सुरक्षा प्रवन्ध मिलाएर सञ्चालन गर्न केही समय लाग्ने खतिवडाले बताएका छन ।