नेपालमा सलहको उच्च जोखिममा कहा कहा ?


२०७७ असार १७ काठमाडौ - नेपालको तराई भेग, तल्लो पहाडी भूभाग र भित्री मधेश सलहको उच्च जोखिममा रहेको भन्दै सरकारले कृषकहरूमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ। सलहको बिशाल झुण्ड भारतको भागलपुर तथा मोतीहारीमा रहेको र साे सलहकाे झुण्ड कुशिनगरबाट चम्पाचरण जिल्लातर्फ उडेको जानकारी दिदै कृषि मन्त्रालय अन्तर्गतको कार्यदलले ती क्षेत्रहरूमा सलह प्रवेश गर्न सक्ने अनुमान गरेको छ । भारतमा रहेको सलहको झुण्ड दार्जिलिङ र सिलुगुडीतर्फ उडेको र वायुको प्रभावसँगै नेपाल पस्न सक्ने सम्भावना रहेको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले बताए।

केही समय देखि मनसुन सुरू भए संगै अरेबियन समुन्द्र बाट बहने पश्चिमी/दक्षिण-पश्चिमी वायुको प्रभाव रहेकोमा हाल पूर्वबाट दक्षिणतर्फ वायुको प्रभाव रहँदा हावाको वेगसँगै सलह नेपाल भित्रिन सक्ने उच्च जोखिम रहेको प्लान्टक्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र मातहत को सलह सूचना केन्द्रले जनाएको छ ।

केन्द्रले सलह देखिए वा उडेको कुनै पनि सूचना भए तत्काल स्थानीय तह, कृषिका कर्मचारी वा कृषि मन्त्रालय तथा केन्द्रमा खबर गर्न पनि स्थानीयसँग आग्रह गरेको छ । भारतको राजस्थानबाट उडेको सलहको ठूलो झुण्ड नयाँ दिल्ली हुँदै अघि बढेको र वायुको बहावमा आएको नाटकीय परिवर्तनले नेपाल जोखिममा परेको पनि सुवेदीले जानकारी दिए । केही दिन अगाडी सलह नेपालमा प्रबेश गरेकाे कुरा बिभिन्न संचार माध्ययममा समेत अाएकाे थियाे ।