भारतीय न्युज च्यानल बन्द गरेकाे भन्दै जनकपुरमा प्रदर्शन, डिसहाेमकाे पाेष्टर जलाइयाे - भिडियाे


२०७७ असार २५ - बिहिबार बेलुकाबाट नेपालमा भारतीय न्युज टेलिभिजन च्यानलहरूको प्रसारण बन्द गरिए पछी जनकपुरमा बिराेत्ध प्रदर्शन भएकाे छ । करिब ५-१० जनाकाे समुमा रहेका युवाहरूले डिसहोमबाट भारतको न्युज च्यानलहरु बन्द गरिएकाे भन्दै जनकपुरधाममा प्रदर्शन गरेका हुन । उनीहरुले नेपालका जनताहरु नेपालमा मात्र नभई भारत सहित विश्वभरि छरिएकाले कुनै पनि सञ्चारको हक खोस्न नहुने भन्दै उक्त निर्णय विरूद्ध नाराबाजी गर्दै आफुहरुले हेर्दै आएको च्यानलहरु पुनः प्रशारण नभए डिशहोमलाई बहिष्कार गर्ने र साे स्थानकाे विक्रेताहरुका साथै अधिकृत विक्रेताहरु सवै शाखाहरु बन्द गर्ने चे’तावनी दिएका छन ।

बिगत केही समय अगाडीबाट नेपाल र नेपालीका बिषयमा बिभन्न भ्रामत्मक तथा कपाेल्पित समाचारहरू निरन्तर पर्सारण भइरहेपछी नेपाल भित्र दुरदशर्न बाहेक सबै भारतीय न्यूज च्यानलको प्रसारण बन्द गरिएकाे छन । बिहीबार साँझबाट नेपाल भित्र सबै भारतीय न्यूज च्यानलको प्रसारण बन्द गरिएकाे हाे । मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार भारतीय सञ्चारमाध्यमले नेपालको बारेमा अफबाह फैलाएका कारण बन्द गर्ने निर्णय भएको शर्माले बताए ।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय गरेका हुन । नेपालले नया नक्सा छापेर कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपालमा समाबेस गरेदी नै भारतीय मिडिया नेपाल बिरूद्द खनिदै निरन्तर भ्रमकाे खेती गरीरहेका छन । यसैबीच हिजेा मात्र अाएकाे प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासङ्घले त्यसको भत्र्सना समेत गरेको छ । हेर्नुस भिडियाे :