धादिङ र चितवन जोड्ने पुलमा बाढीले क्षति, पृथ्वी राजमार्ग अवरूद्ध


२०७७ साउन ५ काठमाडाै - मनसुन सुरू भए संगै नेपालमा अविरल वर्षासँगै आएकाे बाढीले पृथ्वी राजमार्गको चितवन र धादिङ जोड्ने मोवा खोला माथिको पुलमा क्षति पुर्‍याएको छ। साे पुलको धादिङ तर्फको भागमा बाढीले कटान गरेर क्षति गरेपछी यातायात अबरूद्द भएकाे छ । धादिङ बेनिघाट रोलाङ गाउँपालिका वडा नम्बर १० मा रहेको साे पुलमा क्षति पुगेपछि अहिले पृथ्वीराजमार्गको उक्त सडकखण्ड अवरूद्ध बनेकाे छ।