सलिना राना मगरले हात पारिन मगर टिक टक फाेटाे ग्यालरीकाे मगर कल्चर भिडियाे प्रतियाेगिताकाे उपाधी



२०७७ - साउन ६ - पाेखरा - पछिल्लाे समय निकै छाेटाे समयमै मगर समुदाय र मगर लाफाहरूकाे मन जित्न सफल साजाजिक संजाल फेसबुक ग्रुप "  मगर टिक टक फाेटाे ग्यालरी  " ले अायाेजना गरेकाे तेस्राे कार्यक्रम अन्तर्गत मगर भाषा, भेषभुषा संस्कार संस्कृति लाइ संरक्षण र संबर्द्दन गराै भन्ने मुल नाराका साथ अायाेजना गरेकाे मगर कल्चर भिडियाे प्रतियाेगिताकाे उपाधी गाेरखा घर भइ हाल चितवनका सलिना राना मगरले जित्नु भएकाे छ । सलिना राना मगरले कुल २९१६ लाइक सहित प्रथम स्थान हासिल गर्नु भएकाे हाे । त्यसै गरी नवलपुरका माया सारू मगरले १७११ लाइक मत सहित दाेस्राे स्थान हासिल गर्नुभएकाे छ । साथै प्युठान घर भइ हाल पाल्पाका डाेरमा पुन मगर (दिब्या पुन मगर) ले कुल १३५५ मत सहित तेस्राे स्थान हासिल गर्नु भएकाे छ । बिजेताहरूले क्रमस प्रथमले रू ३५००/-, दाेस्राे हुनेले रू २५००/- तथा तृतिय हुने लाफाले रू १५००/- प्राप्त गर्नु भएकाे छ । साे पुरस्कार प्रायाेजन बाग्लुङ घर भै हाल काेरिया रहनु भएका भेद मगरले गर्नु भएकाे हाे । प्रतियाेगिता गत २०७७ साउन १ गते देखी सुरू भएकाे थियाे भने साउन ६ गते बेलुकी ५ बजे सम्म अाएकाे लाइकाे अाधारमा बिजेता छनाेट गरिएकाे हाे । प्रतियाेगितामा ३५ जना मगर मगर्नी लाफाहरूकाे सहभागिता रहेकाे थियाे ।  
मगर टिक टक फाेटाे ग्यालरीले हाल म्याग्दी र तनहुमा बाढी पहिराेमा परी घरबार बिहिन भएकाहरूकाे लागी सहयाेग अभियान समेत सुरू गरेकाे छ भने  जसमा , यम जर्घा मगर (पाल्पा देबिनगर) - रू ४,०००/- २, भेद मगर (बाग्लुङ, हाल काेरिया ) - रू २,५००/- ३,मगर टिकटक-फोटो ग्यालरी एडमिन परिवारबाट संयुक्त रूपमा , रू २,५००/- ४,अश्मिता राना मगर (पाल्पा, )- १,०००/- ५, भगत थापा मगर (पाल्पा) - ५,०००/- ६, रोजन सारू मगर (पाल्पा) - ५,०००/- गरी   अाज सम्म  रू २०,००० संकलन भएकाे एडमिन दशरथ सारू मगरले जानकारी दिनुभयाे । 

साथै अन्य लाफाहरू पनी यस अभियानमा अाबद्द हुन अथवा  IME/ Money transfor बाट सहयोग पठाउन : (DASHARATH SARU) दशरथ सारु , रूपन्देही बुटवल (9867289914) ime गरेको रसिद सहित ग्रुप एडमिन संग सम्पर्क गर्नुहुन सारू मगरले अनुराेध गर्नु भएकाे छ  ।

मगर टिक टक फाेटाे ग्यालरी एडमिन परिवार - बिषेशता सारू मगर, सरिता राना मगर, राेशनी राना मगर, दिपा मगर , म्याजिना राना मगर, मेलिना थापा मगर, दशरथ सारू मगर ।।