ऐतिहासिक मगर योद्धा जयन्त ग्याङमी राना मगर - पबित्रा थापा मगर


२०७७ साउन ९ - पाेखरा । 
झोर्ले पट्टको के 🙏
शिर्षक : ऐतिहासिक मगर योद्धा जयन्त ग्याङमी राना मगर

 इतिहास भनेको बिषेशगरी बिगतमा मानव सम्बन्धमा घटेका घटनाहरुको गहिरो अध्यन हो।जसले गर्दा पिता पुर्खा हरुको अमित गौरब गाथालाई आत्मसात गर्दै बर्तमान र भबिस्य लाई पनि सहि मार्गमा डोर्‍याउन सहयोग गर्दछ। प्रसिद्ध इतिहासकारहरुमा एउटा चर्चित भनाइ नै रहेको छ कि इतिहास नबुझ्ने ले बर्तमानलाई पनि सहि तरिकाले बुझ्न सक्दैनन् । त्यसकारण मलाई लाग्छ ,इतिहास जान्नु वा बुझ्नु जो कोहिलाई अति नै महत्वपूर्ण छ ।

 र त आज म तपाईं सम्पुर्ण मगर दाजुभाइ दिदी बहिनिहरु समक्ष नेपालको इतिहासको पानाबाटै छुटेर गएको एक महान् मगर योद्धा जयन्त ग्याङमी राना मगर को बारेमा लेख्न गैरहेको छु ।म कुनै बिख्यात इतिहासकार अनि इतिहासको महान् ज्ञाता पनि होइन तर मैले मेरो स्वाध्यन र बिधालय अनि बिश्वबिद्धालय अध्यनको क्रममा भेटिएका वा पत्ता लगाएका मगर सम्बन्धि ऐतिहासिक घटनाहरु र मगर ऐतिहासिक ब्यक्तित्वहरुको बारेमा अत्यन्त रुचि भएको कारणले त्यसबारेमा डायरीमा लेखेर राख्ने गरेको छु र यो लेख पनि केही अगाडि तयार पारेर राखेकी थिएँ ।

आज तपाईं हरु समक्ष प्रस्तुत गरेर हामी सबै जनाले हाम्रो आफ्नै पुर्खाहरुको इतिहास जानुन् र बुझुन् अनि आफ्नो इतिहास ,भाषा र सस्कृती लाई अझ धेरै माया गरुन् भनेर प्रस्तुत गरेकी छु अन्यथा नमानिदिनु होला ।म कुनै अध्यता वा लेखक पनि होईन आफुमा भएको थोरै जानकारी हजुर हरु समक्ष राखेकी मात्र हुँ ।तपाईं हरुलाई यो लेख पढेर कस्तो लाग्छ ?सकारात्मक या नकारात्मक दुबै थरी सुझाब सल्लाह दिनु होला। जयन्त ग्याङमी राना मगर तत्कालीन गोरखा राज्यका राजा नरभुपाल शाहका एक इमानदार मगर सेनापती थिए।


उनलाई गोरखा राज्यका शैन्य मामिलाका प्रमुख कमान्डर काजी पद दिएका थिए।किनकी द्रब्य शाहको पालामा घले मगर र खड्का मगर लगायतका स साना राज्यहरुलाई विभिन्न किसिमले परास्त गरेर गोरखा राज्य निर्माण गरेका थिए। उक्त गोरखा राज्यमा मगर ,गुरुङ लगाएत अन्य जनजाती हरुको बाहुल्यता रहेको क्षेत्र भएको हुँदा सबै जनजाती युवाहरु अझै विशेष गरि मगर युवाहरुलाई गोर्खाली राज्यको सेनामा सम्मिलित गराई गोरखा राज्य प्रती समर्पित गर्ने कार्य मगर सेना जयन्त राना मगर मार्फतधेरै सहज हुन सक्ने भएको कारण उनै जयन्त ग्याङमी राना मगरलाई नै काजी पद दिएको हुनसक्छ। 

त्यसकारण उनी नरभुपाल शाह प्रती बफादार भएर गोरखा राज्यको लागि आफ्नो प्राणको बाजि लगाउदै लडाइँको हरेक मोर्चाहरुमा होमिने गर्दथे । तर तत्कालीन नुवाकोट राज्य माथी गोर्खाली सेनाको हार भए पछी बिश्वासघाति र अवसरबादीहरुको मिलेमतोमा उनी माथी गम्भीर कुठाराघात गरि हार्नुको सबै दोष जती उनी माथी लगाए।उनलाई विभिन्न किसिमका आरोप प्रत्यारोप लगाई राजा नरभुपाल शाहले काजी पद नै खोसे अनि देश निकालाको सजाय दिएर गोरखा राज्यबाटै सदाका लागि निकालिदिए।

राज्यको लागि आफ्नो प्राणको आहुती नै दिएर लडेका एक महान कर्मठ योद्धा यसरी आफ्नै राज्यबाट लखटिए। त्यसपछी उनी तत्कालीन कान्तिपुर राज्य द्वारा प्रशासित क्षेत्र नुवाकोटको बेलकोट भन्ने ठाउँमा गएर बसेका थिए।त्यहाँ उनको आगमन भएको खबर सुनी तत्कालीन कान्तिपुर राज्यका राजा जयप्रकाश मल्ल भेट्न् आई उनको बहादुरी र इमानदारीता लाई कदर गरेर उक्त क्षेत्रको प्रशाशकीय प्रमुखको उमराव भन्ने पद दिएका थिए।


 केही दिन पछि उनले त्यहाँ गढी निर्माण गरेर बसेका थिए। पछी उनलाई पृथ्वीनारायण शाह राजगद्दीमा बसेपछी सामरिक दृस्टिले अतिनै महत्त्वपूर्ण रहेको नुवाकोट क्षेत्र उपत्यका सगँ लड्नु भन्दा अगाडि जसरी पनि जित्नै पर्ने भएको कारण सकेसम्म त्यहाँका उमराव जयन्त ग्याङमी राना मगर लाई आफ्नो पक्षमा पार्न सके सजिलै सग नुवाकोट राज्य आफ्नो अधिनमा ल्याउन सक्ने भएको हुँदा विभिन्न प्रलोभनमा पारी त हाम्रै मान्छे होस त्यसैले त गोरखामै फर्केर मिल्न आउनु पर्छ भनेर पटक, पटक चिठी लेखेर पठाउदा पनि उनले स्वीकार नगरी म यति बेला सम्म जयप्रकाश मल्लको नुन खाइसके त्यसकारण मैले नुनको सोझो जसरी पनि गर्नै पर्छ भनेर पृथ्वीनारायण शाहलाई जबाफ दिएका थिए। 

 बि.स १८०१ श्रावन महिनाको अन्तिम तिर भारी बर्षादको समय मा सुनशान मध्यरातमा उमराव जयन्त ग्याङमी राना मगर कान्तिपुर गएको समय पारी नुवाकोटको बेलकोट गढिमा भीषण हमला गरि उनका सबै परिवार र किशोर अबस्थाका छोरा शङ्ख मणि रानालाई पक्रेर पृथ्वीनारायण शाहका भाइ दलमर्दन शाह बाट तरवारले घाटिमा रेटेर शङ्खमणि रानाको बिभत्सब हत्या गरियो।


त्यसबेला जसले मान्छेलाई मार हानेर हत्या गर्न सक्थ्यो उसलाई जेठी तरवार भन्ने नामले बिभुषित गर्ने गर्दथ्यो। र त्यसपछी जयन्त ग्याङमी राना मगर लडाइँको खबर पुग्ना साथ हतार हतार गर्दै आफ्नो क्षेत्र नुवाकोटको बेलकोट गढिमा आइपुगेर उनले आफ्नो मृत्यु भएका आफ्ना परिवार लगाएत आफ्नो छोराको मृत्युमा भाब बिह्वल हुँदै काज किरिया गर्न तिर लागेका थिए। तर उनी त्यहाँ रहेको खबर पाएर पृथ्वीनारायण शाहले फेरि आफ्ना सेनाहरु पठाई काजकिरिया नसकिदै उनलाई मध्यरातमै जबर्जस्ती पक्रेर गोरखा मा ल्याएर जीउँदै छाला काढी नुन चुक दलेर कयौं दिन सम्म तड्पाइ तड्पाई अति नै क्रूर तरिकाले हत्या गरि मारेको थियो । 

यसरी आदिम इतिहास देखीनै टाठा बाठा भनाउदा हरुले हामी मगर हरुलाई हाम्रो स्वाभिमान र इमानदारीताको फाइदा उठाएर उनिहरुलाई आबश्यक परेको बेला बहादुर र इमानदार छौ भन्दै फुर्क्याउदै हाम्रो रगतमा होलि खेल्ने र उनिहरुको आफ्नो स्वार्थ पूरा भए पछि विभिन्न बहाना गरेर भ्याकुतालाई झै पछार्ने गर्दै आइरहेको छ। तर हामी मगरहरु आफै लाई थाहा छैन र थाहा नै भएपनी थाहा नपाए झै गरि नतमस्तक भएर उनिहरुले हामी माथी गरेको अन्याय ,अत्याचार र दमन अनि जाल झेल चुपचाप सहदै आइरहेका छौ। 

उनिहरुले हामीलाई पृथ्वीनारायण शाहको बाइसे चौबिसे राज्यहरुको एकीकरण अभियान देखि लिएर राणा शासन हटाउदा ,बहुदल ल्याउदा देखि लिएर कठित माओबादिको दश बर्षे जनयुद्धमा पनि र अहिले पनि हरेक क्षेत्रहरुमा हामीलाई बलिको बोका बनाएर उनिहरुले आफ्नो मनोकाङ्छा पूरा गर्दै आइरहेका छन् । यसरी उनिहरु हामी जस्ता कयौं जनजाति सिमान्कृत अनि अल्पसंख्यक र दलितहरुको रगतको भर्र्याङ् चढेर सभ्यताको सिखर चुमेका छन् र शासन र सत्ताको सिहाँसनमा पुगेर राज्यको डाडु र पन्यु उनिहरुले चलाएर आफ्नो मात्र स्वार्थ पूरा गरिरहेका छन् । 

सन्दर्भ सामाग्री हरु इतिहास शिरोमणि बाबुराम आचार्यको पुस्तक 'नेपालको सङ्क्षिप्त वृतान्त ' अमेरिकाको हार्बड बिश्वबिद्धालय प्राध्यापक तथा लेखक डा.बि.के राना मगरको अठार मगरात्का अध्यता वीर प्रसाद घर्ति मगर सँगको अन्तरबार्ता भिडियो र मगर सम्बन्धि विभिन्न एतिहासिक किताब र पत्र पत्रीकाहरु पनि । 

सामाजिक संजाल फेसबुक ग्रुप,  मगर गुमुस्ठा ( मगरको काट छान्म नुङ्के लाम )  बाट सभार


लेखक : पबित्रा थापा मगर 
ठेगाना = कावासोती ३- नवलपुर 
पद : नेपाल मगर लेखक सङघ नवलपुर जिल्ला उपाध्यक्ष


 मगर गुमुस्ठा ( मगरको काट छान्म नुङ्के लाम ) 
अध्यक्ष :कुमारी सारु मगर संस्थापक : केशव खाम्चा मगर सह संस्थापक : रेशम राना मगर ब्यावस्थापक : नारद रमजाली बुढा मगर सह ब्यावस्थापक : प्रकाश पुन मगर कोष अध्यक्ष : रोशनी राना मगर मगर ढुट कार्यक्रम संचालिका : जिबु मगर्नी सह संचालिका : आर्मित्मा थापा मगर मगर भाषा लिपि लेखक : दिनेश मगर भाषा लेखक तथा साहित्यकार : राकेश बि. एम ( चिन्तन ) मगर काइके भाषा लेखक : अर्जुन बुढा मगर तराली विशेष सल्लाहकार : श्याम राना मगर