निरंकुशता बिरुद्द राष्ट्रको लागि आहुति दिने सौर्य नायक लखन थापा मगर (निबन्ध) - प्रतिज्ञा बुढा


२०७७ साउन ३ 
नाम - प्रतिज्ञा बुढा मगर
ठेगानाः त्रिवेणी गाउँपालिका ४ रोल्पा (हाल काठमाण्डौँ)
पेशाः अध्ययन

नेपालका प्रथम शहिद लखन थापा मगरका योगदानहरु
भनिन्छ इतिहास विजेताहरुको हो । अर्थात विजेताहरुकै इतिहास लेख्ने गरिन्छ । जो मरेर पनि अमर रहन्छ । प्राय जसो शक्ति पूजक र अवसरबादीहरुले जितेकालाई पनि हारेको बनाएर उनीहरुको लेखनका लागि बस्तुको छनोतमा पदैनन् प्राथमिकतामा पर्ने त झन कुरै भएन । 

त्यसकारण इतिहास सामान्यतय वजेता व्यक्ति , जाति, समुदाय ,देश , ठूला बडाहरु र राजा महाराजाहरुको मात्र पाइन्छ । तर मगर गुमस्ठा एड्मिन परिवारले हाम्रो मगर समुदाय भित्रका इतिहास रच्ने व्यक्तिm भाषा, संस्कृतिको बारेमा निबन्ध मार्फत उनीहरुलाई पनि सम्झने र समान दिने जर्मको गरेको छ । त्यसको लागि हृदय देखि धन्यावाद सहिद आभार प्रकट गर्दछु ।

विषय प्रवेश
जन्म पछि मृत्यु सवैका लागि अनिवार्य हुन्छ । तर जीवनको महत्व र मरणलाई चिन्न सक्ने व्यक्तिहरु मात्र युगौं युगसम्म मरेर पनि जिवित रहन्छ । अर्थात अमर रहन सक्दछन । जसमध्ये लखन थापा मगर पनि सम्पूर्ण नेपालीहरुको स्वतन्त्रता एवम् अधिकार प्राप्तिको संघर्षमा आपूmलाई बलिदानी गर्न पुगे । त्यसकारण उनी आजसम्म पनि प्रजातन्त्र तथा लोकतन्त्रप्रेमि नेपाली जनताहरुको स्मृतिमा अमर रहेका छन । सम्पूर्ण राष्ट्र«वासीहरुको शिर उनको महान त्याग र बलिदानीका निमिक्त झुकेको छ । उनको बलिदानी आफनो व्यक्तिगत स्वार्थ,जाति, सम्प्रदाय वा क्षेत्रको निमिक्त नभई सिंगो नेपाल र नेपालीहरुको सामूहिक हितका लागि थियो । 

त्यसकारण मरेर पनि सधै जिवित रहने प्रथम शहित लखन थापा मगर प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछू ।
नेपालको इतिहासमा बीर पूर्खाहरुको अद्धितीय त्याग र बलिदानले रक्ताम्य छ। नेपाल राष्ट्र«को सार्वभौम सत्ता र स्वतन्त्रता अक्षुण्ण राख्न हजारौं देशभक्त नेपालीहरुले शत्रुहरुको बिरुद्ध निर्भीकता पूर्वक युद्ध मैदानमा उत्रिएर प्रर्दशन गरेर्का िथए । त्यस यद्ध मैदानमा उत्रिएर बीरता प्रदर्शन गर्ने मध्येका एक हुन प्रथम शहित लखन थापा मगर पनि , उनको जन्म वि स १८९१ तदअनुसार ई स १८३४ मा गोरखा जिल्लाको शहिद लखन गाउपालिका वडा न ७ स्थित काहुले भंगार भन्ने गाउ (साविक बुङ्कोट गा वि स ४) मा भएको थियो । 


आफनो पिता र माताको जुम्ल्याहा सन्तान मध्ये लखन थापा मगर कान्छा सन्तान थिए । राम र लक्ष्मण दुई भाई मध्ये लक्ष्मण थापालाई नै पछि लखन थापा मगर भनिएको थियो भने उनको बाल्यकाल कहा र कसरी वित्यो भन्ने तथ्य उपलब्ध गराउन गाह्रो छ । त्यतिबेला नेपालमा सर्वसाधारण जनताका छोरा छाोरीहरुले औपचारिक शिक्षा हासिल गर्नको लागि कुनै व्यवस्था थिएन । विकट गाउहरुको त कुरै छोडौं राजधानी शहर काठमाण्डांै समेत विद्यालय खुलेका थिएनन् ।


 नेपालका आफना नातेदारहरुले छोराहरुलाई पढाउनको लागि भारत पठाउने गर्दथे । तसर्थ लखन थापा मगर पनि तेश्रो गोर्खा राईफल्समा बहालवाला रहेका आफनै सम्बन्धीको फेमिली क्वाटरमा बसेर भारतको अलमाडामा शिक्षा हासिल गरी नेपाल फर्र्किएर वि स १९११ मा पखर्यौली मगर पल्टन(पुरानो गोरख पल्टन ) मा भर्ना भएका थिए ।

 प्रथम शहिद लखन थापा मगर बाल्यकाल देखि नै शाहसि निडर र अत्यन्त स्वाभिमानी र राष्ट्रबादी स्वभावका थिए त्यसकारण पनि उनि विदेशी सेनामा भर्ना भएर ईष्ट इन्डिया कम्पनिको नोकर भएर चाकडी गर्न पटक्कै रुचाएन हुनत त्यो बेलामा नेपाली सेनाको भन्दा अङ्ग्रेजी सेनामा सुख सुबिधा र सहुलियत आदिको ठुलो आकर्षण थियो ।


 तर उनलाई आफनो आमा भनेका आफनै आमा हुन भन्ने भावना र राष्ट्रियता र स्वाभिमान स्वतन्त्रतालाई बचाउन र सेवा गर्न उनको मनसाय रहेको थियो भने अर्को तिर जंग बहादुर राणा द्धारा स्थापित क्रुर अधिनायकबादी तथा तानाशाहि राणाशासनको पतन गराई नेपालमाम प्रजातान्त्रिक शासनको शुनौलौ प्रभात ल्याउने जनताका छोराछोरीहरुलाई स्वतन्त्र रुपमा बाच्न पाउने अधिकार दिल्याउने चाहना भएकाले नै बिदेशी सेनामा भर्ती हुन उनको हृदयले पटक्कै स्वीकृति दिएन । देश र जनताको सेवा गर्ने राणा शासनहरुको बस्तुगत अध्ययनमा समेत बुझने हेतुले पूर्खाले रुचाएको पुरानो गोरख गणमा भर्ति भए ।

 उनी सक्षम योग्य र तीक्षणा बुद्धि भएकोले रणकौशल, सैन्य सङगठन सामारिक योजना , युद्धकला र रण प्रविधि आदि बारे दक्षता हासिल गरे समय अनुसार चल्ने र उपयुक्त समयमा उचित निर्णय लिन सक्ने भएकाले १४ बर्षको सैनिक जीवनमा वि स १९२५ मा उनि कप्तानको दर्जामा पुगे ।
गोरख पल्टनमा बहालवाला रहेका लखन थापा मगर र जयसिंह (राना) पनि आफनो पल्टन सग भारतको लखनउमा पुगेका थिए । अङ्ग्रेजको दासताबाट भारतलाई मुक्त गराउने महान सं३र्षमा कयौं भारतीय जनताहरुको बलिदानीले लखन थापा मगर र जंयसिंह चुमी (राना) लाई पनि नेपालमा रहेका जंग बहादुरको अधिनायकबादी हुकुमी शासन र निरङकुशताको तीखो स्मरण गरायो र मातृभुमि प्रतिको कर्तव्यबोध हुन पुग्यो । 

राणाशासनको बिरुद्धको उपयुक्त समयको प्रतिक्षा गर्दागर्दै लखन थापा मगर कप्तान पदमा पुगेका थिए र जयसिंह पनि कप्तान भईसकेका थिए । तत्कालिन समयमा जंग बहादुर राणाको एकतन्त्रीय निंरकुश शासनले सीमा ना३न लागेको थियो त्यसकारण उनीहरुलाई सेनाको जागिर बन्धक जस्तो लाग्न थाल्यो । त्यसैले दुवै जनाले वि स १९२६ सालमा पल्टनबाट छुट्टी लिएर गोरखाको बुङ्कोट काहुले गए । ३ महिनाको बिदा सकिए पनि उनीहरु पल्टन नफर्केर जंग बहादुरको निंरकुश शासन व्यवस्था विरुद्ध जनविद्रोहको महान अभियानमा निरन्तर क्रियाशील रहे । 

प्रथम शहिद लखन थापा मगर सुमुधर बोली बचन तार्किक क्षमताले गर्दा छोटो समयमै धेरै जनताहरु एकताबद्ध भएका थिए कसैले बोल्न समेत डराउने जंग बहादुर राणाको शासन विरुद्ध लडेर विरोध त्र्रmान्ती पैलाउने लखन थापा मगर पनि एक बीर याद्धा हुन । 

शहिद थापालाई सहयोग गर्ने उनका नजिकका साथि जंयसिह चुमी राना मगर थिए । त्यस्तै शहिद लखन थापा मगर ले आफूले आफूलाई स्वतन्त्र राज्यको राजा घोषणा गरेर जयसिंह चुमी राना मगर मन्त्रि घोषणा गरे , लखन थापा मगरले बुङ्कोट गोर्खामा ३ तले दरबार र परेडको साथमा आफनो सेनाको साथमा आफनो राज्य स्थापना गरे भने जंग बहादुर राणाको शासन नष्ट गर्नको लागि स्थानिय जनसमुदायको सहयोगमा एउता बलियो किल्ला निर्माण गरे । 

किल्ला परिसरमा मनकामना माईको प्रतिकात्मक मन्दिर स्थापना गरे । त्यस मन्दिरमा पूजापाठको लागि आउने जनताहरुलाई जंग बहादुरको क्रर शासन दमन र अत्याचारीको बारेमा जानकारी गराउने र राजनिति चेतनाको विकास गराउने कार्य गथ्र्ये , भने नेपालको राजनितिक इतिहासमा वि स १९२६ देखि १९३३ जनसंगठन गरी लखन थापा मगरको नेतृत्वमा पहिलो विद्रोह थियो ।

 जुन विद्रोहले जंग बहादुर द्धारा स्थापित एकतन्त्र शासन अधिकारविहिनमा पिल्सिएका नेपाली जनताहरुलाई संगठित र राजनितिक संचेतना प्रदान गरी पहिलो पटक प्रजातन्त्र प्राप्तिको विद्रोहमा सहभागि गराउने सफलता प्राप्त भयो ।त्यस्तो सफलता पछि जंग बहादुर जस्तो तानाशाहीको समेत मुटु हल्लाई दियो ।

 त्यतिबेलाको अवस्थामा एउता मगरको छोरा जहा एक सय चार वर्षसम्म जरो गाडेर बसेको राणा शासन विरुद्ध राजनैतिक दस्तावेज समेत तयारी गरी वैकल्पिक सत्ता स्थापना गरि अगाडि बढ्ने शसस्त्र बिद्रोह चानचुने थिएन जसले गर्दा नेपाली समाजमा राजनितिक चेतनाको स्तर बढायो ।यस विद्रोहका नायक प्रथम शहित लखन थापा मगर लाई वि स १९५६ साल फागुन ११ गते शहिद घोषणा ग¥यो भने औपचारीक रुपमा वि स २०७२ साल असोज ३ गते शहिद घोषण नेपाल सरकारले गरेको छ ।


अन्त्यमा ः प्रथम शहिद लखन थापा मगरको आज भन्दा १३० वर्ष अघि नेपाली सेनाको कप्तानी पद छोडेर निंरकुश एवम् जहानिया राणा शासनको विरुद्धमा जनस्तर बाट प्रथम पटक जनविद्रोहको उदघोष गर्ने र उद३ोष गरे बाफत तत्कालिन राणा शासनका प्रणेता जंग बहादर राणाको विरुद्ध सघर्ष गर्दा सो बाफत वि.स. १९३३ फागुन २ गते मृत्यु दण्ड वा सहादत प्राप्त गरे तर पनि नेपालमा प्रथम शहिद लखन थापा मगरको बारेमा खोज अनुसन्धान जति हुनुपर्ने हो त्यति भएको देखिदैन् त्यसकारण उनले गरेका बिद्रोह एवम् शहादतबारे अध्ययन अनुसन्धान गरिनु पर्छ। 

उनको बलिदानीको उच्च मूल्याङ्कन हुनै पर्छ जसले देश र जनताको लागि आफनो अमुल्य जिवन नै सर्मपीत गरे त्यस्ता देश भक्ति सिपाहिहरु जुनसुकै वर्ग,जाति,समुदाय,पेशा, लिङ्ग वा क्षेत्रको भएपनि शहिद आखिर शहिद नै हुन । शहिदको सम्मान बास्तवमा सिंगो देश र जनताको सम्मान हो।
सामाजिक संजाल फेसबुक ग्रुप,  मगर गुमुस्ठा ( मगरको काट छान्म नुङ्के लाम ) अायाेजित निबन्ध प्रतियोगिता बाट सभार
खेल संयोजक : संस्थापक केशव खाम्चा मगर ( रुपन्देही बुटवल ) हालको बसाइँ K,S,A 
आयोजक  : मगर गुमुस्ठा एड्मिन परिवार 
अध्यक्ष :कुमारी सारु मगर
संस्थापक : केशव खाम्चा मगर 
सह संस्थापक : रेशम राना मगर 
ब्यावस्थापक : नारद रमजाली बुढा मगर 
सह ब्यावस्थापक : प्रकाश पुन मगर 
कोष अध्यक्ष : रोशनी राना मगर 
मगर ढुट कार्यक्रम संचालिका : जिबु मगर्नी 
सह संचालिका : आर्मित्मा थापा मगर 
मगर भाषा लिपि लेखक : दिनेश मगर 
भाषा लेखक तथा साहित्यकार : राकेश बि. एम ( चिन्तन ) 
मगर काइके भाषा लेखक : अर्जुन बुढा मगर तराली
विशेष सल्लाहकार : श्याम राना मगर

याे पनी पढ्नुस - 
* जीवनदर्शन देखि समाजलाई एकतावद्ध गर्न सक्ने माध्याम भनेकै भाषा (निबन्ध) - हूमा सूर्यवशी मगर

* इतिहास र मगर ऐतिहासिक ब्यक्तित्वहरु (निबन्ध) - पबित्रा थापा मगर