नेपालमा लकडाउन खुले संगै तिब्र संकमण मामला अाउदै , संक्रमितकाे संख्या २०,७५० पुग्याे


२०७७ साउन १९ - साेमबार नेपालमा ४१८ जना काे'राेना' भा'इरस संक्रम'णका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार नेपालभर थप ४१८ जनामा नया ममला देखिएको हाे । याे सगै नेपालमा काे'राेना मामला २० हजार ७५० पुगेकाे छ भने सक्रिय संक्रमित ५ हजार ७३२ रहेका छन । पछिल्लाे २४ घण्टामा ४१८ जनामा नया मामला देदखदा ३५८ जना निकाे भएर घर फर्किएका छन । यो सँगै नेपालमा को'रो'ना संक्र'मण जितेर निको हुनेको संख्या हालसम्म १४ हजार ९६८ जना पुगेको छ । हालसम्म नेपालमा काे'राे'नाबाट मृत्यु हुनेकाे संख्या ५७ जना पुगेकाे छ । चार जिल्ला काे'राेना मुक्त भएका छन । पछिल्लाे समय नेपालमा लकडाउन हटाइएसंगै समुदाय स्तरमा समेत काेराेना संक्रमणका मामला देखिएकाे छ ।

हवाइ यातायात समेत खाेल्ने दिन नजिकिदै गर्दा नेपालमा काेराेना संक्रमणका मामला उच्च भैरहदा हवाइ उडान खाेल्ने या नखाेल्ने समेत दाेधारमा परिणत भएकाे छ । साेमबार काठमाडौं उपत्यकामामात्रै ५१ जनामा कोरोनाकाे मामला पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४३ ज ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरी नेपालगंजमा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पाइएकाे छ । सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण भएको उपमहानगरपालिका स्रोतले जानकारी दिएको छ ।