नेपालमा भदौ १५ सम्म लामो दूरीका गाडी र हवाई उडान बन्द


२०७७ साउन २६ - नेपाल सरकारले लामो दूरीका सार्वजनिक सवारी र हवाई उडान स्थगितको निर्णयलाई भदौ १५ सम्मका लागि लम्ब्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेदेखि खोल्न लागिएका यी दुवै सेवा स्थगनलाई अझै १५ दिन सारेको हो। बैठकले भारतसहितका देशसँग जोडिएका सीमानाकामा अझै कडाइ गर्ने निर्णय पनि लिएको छ।

गत २०७६ चैत ११ देखि नेपालमा लकडाउन भए पछि यी दुवै सेवा रोकिएका छन। सरकारले साउन ७ गतेदेखि लकडाउन खुकुलो भए सँगै देशभर मानिसहरुको चहलपहल बढेकाले कोरोना फैलिएकाले क्‍वारेन्टाइन नियमलाई प्रभावकारी बनाउने भएको छ।