काे'राे'ना संक्रमण पाइएपछी पाल्पाकाे तानसेन बजार क्षेत्र सिल


२०७७ साउन ३० पाल्पा - प्रदेश ५ अन्तर्गत पर्ने सुन्दर नगरी पाल्पाकाे तानसेन नगरपालिका ४ का ४० वर्षीया एक महिलामा को'रो'ना सङ्क्रमण पुष्टि भए पछि पाल्पा तानसेन बजारका विभिन्न क्षेत्र सिल गरिएको छ । बिहिबार संक्रमण पाइएसंगै जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेन नगरपालिकाको उत्तरमा टक्सार माछा पसल, पूर्वमा हुलाक चोक, पश्चिममा गौरीशङ्कर गेस्ट हाउस, दक्षिणमा पेट्रोल पम्पको चारकिल्ला भित्रको विशाल बजार क्षेत्र सिल गरिएको हो ।

स्थानीय स्तरसम्म सङ्क्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबार बेलुकी ८ बजेदेखि लागू हने गरी बजार क्षेत्र सिल गरेकाे जनाएकाे छ । अर्को सूचना जारी नहुँदासम्म ती क्षेत्र सिल गरिएकाे प्रशासनले निकालेकाे विज्ञप्तिमा छ ।