पेट्राेल, डिजल र मट्टीतेलकाे भाउ फेरि बढ्याे


२०७७ साउन ३२ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । थप मुल्य बढे संगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १०५ रुपैयाँ तथा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ९१/९१ रुपैयाँ हुने भएकाे छ ।

पेट्रोल, डिजल र मट्टीतेलमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर एक/एक रुपैयाँ बढाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन । भारतिय अायल निगमले पठाएको नयाँ मूल्य सूची अनुसार नया मूल्य निर्धारण गरिएकाे प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् नै राखेको छ निगमले जनाएकाे छ ।