राष्ट्रिय झण्डा जलाउने गीतका गायक सहित ९ पक्राउ ।


२०७७ भदौ ३ - काठमाडौ - बिबादित एक नेपाली म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन। उनिहरूलाइ पक्राउ गर्न अपराध महाशाखा, महानगरिय प्रहरी र सिआईबीको टोली खटिएको थियो। साे गीतमा सामेल भएका ९ जनालाइ प्रकाउ गरिएकाे नेपाल प्रहरीले जनाएकाे छ । साे अभियोगमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङ सहित ९ जना पक्राउ परेका छन । मकवानपुरको बागमति गाउँपालिका-३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा उक्त म्युजिक भिडियाे छायांकन गरिएकाे थियाे ।

। मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न। यदि कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै सजाय हुन सक्नेछ प्रावधान रहेकाे छ । साे भिडियाेमा नेपालकाे झण्डा सहित पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री प्रचण्ड र प्रधानमन्त्री केपि शर्मा ओलीकाे समेत फाेटाे जलाइएकाे छ । साे भिडियाेमा नेपाल नेसनल मंगाेल अर्गनाइजेसनकाे नाम समेत मुछिएपछी नेपाल नेसनल मंगाेल अर्गनाइजेसन- डां गाेपाल गुरूङ तथा नेसनल मंगाेल अर्गनाइजेसनले साे घटनामा अाफुहरूकाे कुनै समर्थन नरहकाे जनाएकाे छ ।