शुक्रबार नेपालमा थपिए ९२७ संक्रमित, भारतमा अाज रेकर्ड ब्रेक ७७ हजार भन्दा बढी मामला


२०७७ भदाै १२ - नेपालमा २४ घण्टामा ९२७ काे'राे'ना संक्रमित थपि'एका छन । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ९२७ जनामा संक्रमण देखिएकाे जानकारी दिएका छन । याेसंगै नेपालमा कुल संक्रमण मामला ३६ हजार ४५६ पुगेको छ । हाल सम्म कुल निको हुनेकोसंख्या २० हजार २४२ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ५७३ र होम आइसोलेसनमा ६ हजार ४४६ जना रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । यसै गरी अाज शुक्रबार छिमेकी मुलुक भारतमा एकै दिन ७७२६६ जनामा संक्रमण देखिएकाे छ ।

याे भारतमा हाल सम्मकाे एकै दिन सबै भन्दा बढी संक्रमण रेकर्ड गरिएकाे छ । हिजाे मात्रै भारतमा कुल ७५ हजार भन्दा बढी मा संक्रमण देखिए'काे थियाे । हाल सम्म भारतमा ३३ लाख ८७ हजार ५०० मामला देखिएकाे छ भने ६१,५२९ जनाले ज्यान गुमाएकाे छ । पछिल्लाे समय भारतमा संक्रमणका मामला तिब्र अाएपनी त्यहाकाे रिकभरी रेट पनी राम्राे रहेकाे छ जसमा ७० प्रतिशत भन्दा बढीले काे'राेना जितेकाे बताइएकाे छ ।