अाज थपिए ६८१ संक्रमित - काठमाडौँ उपत्यकामा थप १५९ मामला


२०७७ भदाै ३ नेपालभर - पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै को'रो'ना संक्रमितको संख्या २८९३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका का अनुसार सक्रिय संक्रमितको संख्या १११ १८ रहेको छ । नेपालमा निको हुनेको संख्या हाल'सम्म १७ हजार ७ सय पुगेको छ भने हाल सम्म १२० जनाकाे ज्यान गए'काे छ ।

पछिल्लाे २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५९ जनामा को'रो'ना संक्रमण पुष्टि भएको छ । यो सरकारले काठमाडाैँ उपत्यकामा तीब्र संक्रमण फैलिए पछि तीन जिल्लामा आज राति'देखि लागू हुने गरी अत्यावश्यक'बाहेकका सबै गति'विधिमा निषेध गरेको छ । पछिल्लाे समय उपत्यका'का निरन्तर सय भन्दा बढी संक्रमणका मामलाहरू अाइरहेका छन तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी'सहित जिल्लाका सुरक्षा प्रमुख'को बैठकले अत्यावश्यकबाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेको छ ।