भाेली राती देखि भदौ १० गते सम्म उपत्यकामा निषेधाज्ञा


२०७७ भदाै २ - काठमाडौं उपत्यकामा भदाै ३ बुधबार मध्यराति देखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको गरेको हो । बैठकपछि महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले यस्तो निर्णय भएको बताएका छन ।

साे समय अबधीमा अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा का सवारी भने संचालनमा अाउनेछन । सर्वसाधारणको आवतजावतलाई पनि पुर्ण रूपमा निषेध गरिनेछ । राजधानीमा मंगलबारमात्रै २ सय ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।