उपत्यकामा भुकम्पकाे धक्का महसुस, केन्द्रबिन्दु ललितपुर


२०७७ साउन २१ - उपत्यकामा केही बेर अगाडी भुकम्पकाे धक्का महसुस भएकाे छ । ललितपुरको बङ्गलामुखी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएकाे छ । बुधबार दिउँसो साढे ४ बजे भूकम्पकाे धक्का महसुस गरिएकाे थियाे । यस अगाढी हिजाे मंगलबार राति ११.४० बजे पनि २ दशमलव ७ म्याग्निच्युडको भुइँचालो काे धक्का महसुस गरिएकाे थियो।