३६० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २१ हजार ७५० पुग्याे


२०७७ साउन २२ - नेपालमा अाज बिहिबार थप ३६० जना काेराेना संक्रमण मामला पाइएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अाज नेपालमा थप ३६० जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा कुल काेराेना मामला २१ हजार ७५० पुगेकाे छ । नेपालमा हाल सम्म कोरोना संक्रमण जितेर निको हुनेको संख्या १५३८९ जना पुगेको छ । नेपालमा हालसम्म काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ६५ जना पुगेकाे छ ।