एसइई मार्कसिट हेर्न समस्या भाे ? यसरी चेक गर्नुस एसइइकाे मार्कसिट (भिडियाे सहित)


२०७७ भदाै २ भक्तपुर -- राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । 
मार्कसिट हेर्न समस्या भाे यसरी चेक गर्नुस एसइइकाे मार्कसिट 


चैत ६ गतेबाट सञ्चालन गर्ने गरी तय गरेको परीक्षा कोभिड–१९ को संक्रमण जोखिम'का कारण अन्तिम समयमा आएर सरकार'ले स्थगन गरे'पछि कक्षा १० को परीक्षामा आएको नतिजा र विद्यालय'को समितिले गरेको मूल्यांकन'को आधार'मा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षाका लागि चार लाख ८२ हजार ९८६ विद्यार्थीले फारम भरेपनि चार लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

यस वर्ष'को नतिजा प्रकाशन भए पछि विद्यार्थी'लाई पुर्नयोग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडवृद्धि परीक्षा सञ्चालन' सम्बन्धी कार्य भने नहुने भए'को छ । बोर्डले व्यक्तिगत विवरण'मा त्रुटि भएकाको हक'मा भने ३५ दिन भित्र जिल्ला स्थित शिक्षा तथा समन्वय एकाइ'मा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । 

 परीक्षा'का लागि फारम भरेका मध्ये १० हजार ९०८ विद्यार्थी'को नियमानुसार हाजिरी नपुगे''को, फाराम भर्दा त्रुटि भएको र नियम पूरा नगरी अयोग्य भएकाले नतिजा आएको छैन । नतिजा सार्वजनिक गरेपनि बोर्ड'ले कति विद्यार्थी'ले कुन जिपिए पाए भन्ने विवरण भने सार्वजनिक गरे'को छैन ।