ज्योती रजाली मगरले जन्मदिनको अवसरमा राहत कोषमा रू.५१,०००/-सहयोग गरिन


२०७७ भदाै १२ - मगर संसार(magar sansar) photo gallery ग्रुप भित्र यही २०७७ साउन ३१ बाट भदौ ९ गते सम्म १० दिने मगर संसार राहतकोषको लागि गरिएको बृहत अभियानमा मगर संसारका सल्लाहकार तथा समाजसेवी नवलपुर बसाई चितवन हाल UK निवासी ज्योती रजाली मगरले शुभ जन्मदिनको अवसर पारी छोरी जेनिशा र परिवारको तर्फबाट राहत कोषमा रू.५१,०००/- सहयोग गरि अभियान लाई साथ दिनु भएको छ ।

यसै क्रममा समितीका अध्यक्ष तथा मगर संसारका संस्थापक अनिल लामिछाने मगर छोटो जानकरी दिदै मगर संसार ग्रुप भित्र सहयोगको अपील गर्दै आउने मगर बिरामीहरुको संख्या उल्लेख रहेकोले राहतकोष स्थापना गरिएकाे र कोष बाट ग्रुप भित्र आउने बिरामिहरुको अवस्था र घर परिवारको अवस्था हेरि कोषमा जम्मा भएको रकमबाट थोरै भएपनी सबैलाई सहयोग गर्ने उद्देश्यले बिना स्वार्थ खोलिएको बिशुध्द मगर संसार राहतकोष रहेकाे बताउनुभयाे । साथै उहाले सबैलाई निस्वार्थ भावनाले सहयोग गरीदिनु हुन समेत अनुरोध गर्नु भएकाे छ ।