कास्की मा अाज मंगलबार देखी कडा निषेधाज्ञा, खाद्दान्नका पसल पनी ताकिएकाे समय मात्र खाेल्न पाइने


२०७७ भदाै २ - कोरोना भाइसरको जोखिम बढेपछि पोखरा सहित कास्की जिल्लामा भदौ २ गते मंगलबार राति १२ बजेदेखि कडा निषेधाज्ञा जारी गरिएकाे छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार आज राति १२ बजेदेखि भदौ ७ गतेसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो । साथै जारी भएको निषेधाज्ञालाई पूर्णरुपमा पालना गर्न स्थानीहरूलाइ पोखरा महानगरपालिकाले माइकिङ समेत गरी अपील समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा मंगलबा विहान बसेको सुरक्षा समितिको बैठकले अत्यावश्यक सेवा अन्तरगत पर्ने खाद्य सामाग्रीका पसल पनी निश्चित समय सिमा भित्र मात्र खाेल्न समय ताेकिएकाे छ । जसमा खाद्य सामाग्रीका पसल विहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने प्रावधान बनाएकाे छ भने अन्य समयमा खाद्ान्नका पसल पनी अनिबार्य बन्द गर्नु पर्नेछ । यसै गरी सरकारी कार्यालयका सेवा पनि सबै बन्द गरिने भएको छ । अत्यावश्यक काम गर्ने सरकारी कार्यालय बाहेक अन्य सबै कार्यालय बन्द रहनेछन् ।

त्यस्तै बैंक तथा वित्तीय सस्थाका कार्यालय पनि बन्द गर्न भनिएको छ । सुरक्षा समितिको बैठकले बैंक तथा वित्तीय सस्थालाई एटिएमहरु सुचारु राख्न र डिजिटल भुक्तानीलाई पनि सहज बनाइदिन आग्रह गरेको छ । त्यस्तै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स, सञ्चारकर्र्मी बाहेकका सबै सवारी साधान चल्न पनि प्रतिबन्ध लगाइएको छ ।