मगर गुमुस्ठा ( मगरको काट छान्म नुङ्के लाम ) अायाेजित माैलिक भेषभुषा प्रतियाेगितामा तिर्सना मगर बिजेता बनिन


२०७७ साउन २२ - पाेखरा - मगर गुमुस्ठा ( मगरको काट छान्म नुङ्के लाम ) ग्रुपले आयोजना गरेको मगर जातिय पहिचान भाषा सहित खुल्ला मौलिक पहिचान पोसाक भेषभुषा फोटो प्रतियोगितामा पाल्पाकी तिर्सना झेडी मगर बिजेता हुनुभएकाे छ । ५७ जनाकाे सहभागिता रहेकाे साे प्रतियोगिता २०७७ साल साउन ९ गते देखि १७ गते सम्म भएको थियाे । पाल्पाकी तिर्सना झेडी मगरले कुल ३,१९८ भोट Like ल्याएर पहिलो स्थान हासिल गर्नु भएको हाे यसै गरी पोखराकी इन्जु थापा मगर भोट Like २,८४९ ( दुई हजार आठ सय उनन्चास ) मत ल्याएर दोस्रो स्थान हासिल गर्नु भएको थियाे ।

तेस्रो स्थान मा कुल २,७९९ मत सहित रुपन्देही बुटवल कि लिजा राना मगरले हासिल गर्नुभएकाे थियाे ।

निर्णायक मण्डल मुल्यांकन समितिको आधारमा महिला तर्फबाट गोरखा कि डेलिना मगर र पुरुष तर्फबाट रोल्पा का चियोङ मगर उत्कृष्ट पहिचान पोसाक मा छनोट हुनु भएको थियाे । मुल्यांकन समिती मा तिलक सोमै मगर, संन्जोग लाफा मगर र मगर गुमुस्ठा एड्मिन परिवार रहनुभएकाे थियाे ।

खेल संयोजक : संस्थापक केशव खाम्चा मगर ( रुपन्देही बुटवल ) हालको बसाइँ (K,S,A) , आयोजक : मगर गुमुस्ठा एड्मिन परिवार ! अध्यक्ष :कुमारी सारु मगर संस्थापक : केशव खाम्चा मगर, सह संस्थापक : रेशम राना मगर, ब्यावस्थापक : नारद रमजाली बुढा मगर, सह ब्यावस्थापक : प्रकाश पुन मगर, मगर भाषा लेखक : आर्मित्मा थापा मगर, मगर भाषा तथा लिपि लेखक : दिनेश मगर , मगर खाम पाङ भाषा लेखक तथा साहित्यकार : राकेश बि. एम ( चिन्तन ), मगर काइके भाषा लेखक : अर्जुन बुढा मगर तराली